English

मुडुली केकीसँग पुष्प



अभिनेता पुष्प खड्का र अभिनेत्री केकी अधिकारी म्यूजिक भिडियोमा रुचाइएको जोडी हो । भलै उनीहरूले हालसम्म सँगै चलचित्रमा स्क्रिन सेयर गरेका छैनन् । २ दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका केकी र पुष्प निर्देशकको नजरमा नपरेका हुन् वा कथाले नै उनीहरूको जोडीलाई नमागेको हो ? तर, मेरो लाइफस्टाइलले शुक्रबारको नियमित फोटो सुटमा भने केकी र पुष्पको जोडी बाँधेको छ ।

  • भिडियाे हेर्न माथिकाे लिंकमा जानुहाेस

‘स्वर’ चलचित्रबाट फिल्मी यात्रा सुरु गरेकी केकीले दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी छिन् । आइ एम सरी, बितेका पल, श्री पाँच अम्बरे, भाग सानी भाग, कोहलपुर एक्स्प्रेस लगायत उनका हिट चलचित्र हुन् । कोहलपुर एक्सप्रेसबाट चलचित्र निर्माणमा होमिएकी केकीले एक महिनाअघि चलचित्र ‘बोक्सीको घर’का लागि कपाल मुन्डन गरिन् । कपाल खौरिएको उक्त तस्विर मिडियामा भाइरल भयो । हाल उनले बोक्सीको घरको छायाँकन सकिसकेकी छिन् । साथै, अभिनेत्री केकी रियालिटी सो कमेडी च्याम्पियनको निर्मातासमेत हुन् ।

म्यूजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेका पुष्प खड्काले हालसम्म १ हजारभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । ‘अझै पनि’ चलचित्रबाट सिने नगरीमा होमिएका खड्काले हालसम्म ८ वटा चलचित्रमा अभिनय गरेका छन् । दर्पण छायाँ २, मंगलम्, मारुनी, दालभात तरकारी लगायतका चलचित्रबाट उनी थप चर्चामा आए । साथै, मनसँग मन, कृष्णलीला, तिम्रो मेरो साथ लगायतका चलचित्र प्रदर्शोन्मुख छन् ।

मेकअप : ल्यासेस स्टुडियो (ज्योति लिम्बू) / पहिरन : कासा स्टायल / स्थान : होटल अकामा
तस्विरहरूः महेश प्रधान



सम्बन्धित खबरहरु

बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested