English

नेपालका कलाकार र समाजसेवीहरूलाई भारतमा सम्मान



भारतको उत्तर प्रदेश राज्यमा रहेको ‘कला एकेडेमी’ र सम्भल जिल्लास्थित ‘उडान साँस्कृतिक समूह’ ले नेपालको लुम्बिनी वर्ल्ड पिस फोरम नेपालका कलाकार तथा समाजसेवीहरूलाई ‘राज्य सम्मान २०२२’ द्वारा सम्मान गरेको छ ।

लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष वासु गौतमलाई विशेष अतिथिका रूपमा निमन्त्रणा गरिएको उक्त समारोहमा ‘कला एकेडेमी’ र ‘उडान साँस्कृतिक समूह’ ले नेपालका कलाकारहरू दामोदर बराल, नरबहादुर विश्वकर्मा, दिनेश्वर महतो, सरोज लामिछाने, प्रितम थापा र दीपक महतोलगायतलाई सम्मान गरेको हो ।

१५ र १६ अप्रिलमा आयोजित सम्मान कार्यक्रममा बलिउड सिनेमा ‘उचाइ’ मा अनुपम खेरको डबल भूमिकामा अभिनय गरेका सरोज लामिछानेलाई ‘अन्तर्राष्ट्रिय कलाकार’ का रूपमा पनि सम्मान गरिएको थियो ।

यसैगरी, समाजसेवी अनामिका अर्याल ‘महिला समाजसेवी सम्मान २०२२’ बाट सम्मानित भएकी छिन् ।

यो पनि…
‘उचाइ’ मा भेटिए नेपाली अनुपम खेर (भिडियो पनि)
अनुपम खेरले सार्वजनिक गरे ‘उचाइ’ लुक्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारि ज्योति गुरुङको शब्दमा आयो तमु ल्होसार सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै