English

‘उचाइ’ मा भेटिए नेपाली अनुपम खेर (भिडियो पनि)



बलिउड चलचित्र ‘उचाइ’ । मुख्य अभिनेता अनुपम खेर । ‘उचाइ’को कथाले माग्यो नेपालका अग्ला पहाड अनि कहालीलाग्दा दृश्य । ६५ वर्षीय खेरलाई यी दृश्यमा अभिनय गर्न त्यति सहज भएन । उसो त उनको भेषमा अभिनय गर्ने कलाकारको खोजी सुरू भयो । यही क्रममा भेटिए– नेपाली सरोज लामिछाने

लामिछाने पेसाले चित्रकार हुन् । तर, उनीमा बहुप्रतिभा छन् । चित्रकलाका अलावा, अभिनय र प्रेरक वाचकका रूपमा पनि सक्रिय छन्, लामिछाने । क्राइम पेट्रोल नेपालमा समेत उनले अभिनय गरिसकेका छन् ।

यसरी भेटिए सरोज…

‘उचाइ’का लागि कलाकार छान्न सिर्जना सूत्रलाई जिम्मा दिइएको थियो । सूत्रले अडिसनका लागि आह्वान गर्यो । सरोजले यो कुरा थाहा पाए । अडिसन दिन गए । यसअघि पनि बलिउड चलचित्र ‘सरप्राइज’ को अडिसनका लागि सूत्रमा पुगेका थिए । त्यसमा छनोट पनि भए । तर, त्यो चलचित्र बन्ने नबन्ने अहिलेसम्म टुंगो छैन । त्यसैले, यो चलचित्र पनि बन्ला/नबन्ला भन्ने द्विविधा उनमा थियो । तर, प्रयास नगरी पछाडि हट्न उनलाई मन लागेन । अर्को कुरा उनलाई धेरैजसोले अनुपम खेरसँग अनुहार मिल्छ भन्दै प्रशंसा गर्थे । त्यसले पनि उनलाई एकपटक अडिसन दिन मन लाग्यो ।

‘अनुपम खेरसँग अनुहार मिल्छ भनेर त धेरैले भनेका थिए’, लामिछाने अडिसन अनुभव सुनाउँदै थिए, ‘तर, उहाँको बडी डबल बनेर चलचित्रमै अभिनय गर्न पाइला भने सोचेको थिइनँ ।’

अडिसनकै बेला नेपालमा ‘उचाइ’को व्यवस्थापन गरेको थ्री ह्विलर्स फिल्म प्रा.लि. का पुष्पराज न्यौपानेले खेरको डुप्स बन्न सक्छौं ? सोधे । लामिछानेले आत्मविश्वासका साथ सक्छु भन्दिए । ‘अनुपम खेरसँग अनुहार मिल्छ भनेर त धेरैले भनेका थिए’, लामिछाने अडिसन अनुभव सुनाउँदै थिए, ‘तर, उहाँको बडी डबल बनेर चलचित्रमै अभिनय गर्न पाइला भने सोचेको थिइनँ ।’

अडिसनबाट छनोट भएपछि…

अडिसनबाट छनोट भएपछि उनी खेरद्वारा अभिनित चलचित्र हेर्न थाले । खेरको व्यक्तित्व आफूमा उतार्ने प्रयास गरेँ । सबै तयारी पूरा भयो । खेर लुक्ला आउने तय भयो । खेरले आफूलाई देखेर कस्तो प्रतिक्रिया देलान् ? के भन्लान् ? भन्ने खुलदुली बोकेर लामिछाने लुक्ला उडे । खराब मौसमका कारण उनीहरू तोकिएको दिन भन्दा एक–दुई दिन ढिलो लुक्ला उडेका थिए । छायांकन शुरु भइसकेकाले लुक्लाबाट सीधै सुटिङस्थलमा गएको लामिछाने सुनाउँछन् ।

सबैजना अलमल्ल

सुटिङ स्पटमा पुगेपछि उनलाई अनुपम खेरले लगाएजस्तै लुगा लगाउन दिइयो । खेरलाई देखेर उनी उत्साहित थिए । कतिबेला खेरले आफूतर्फ हेर्छन् अनि कुराकानी गर्न पाइएला भन्ने प्रतीक्षामा थिए, उनी । त्यहीबेला ‘उचाइ’का निर्देशक सुरज बड्जत्याकी श्रीमती विनिता बड्जत्याले देखिछन् । त्यसपछि अभिनेत्री परिणिति चोपडा र बोमन इरानीको नजर उनीमाथि पर्यो । सबैजना एकछिन त अलमल्लमा परे ।

‘म अनुपम खेरको ठ्याक्कै अगाडि उनकै स्टाइलमा बसिरहेको थिएँ । सबैभन्दा पहिले विनिताले मलाई देखेर ट्वाँ पर्नुभयो’, त्यो पललाई सम्झँदै सरोज सुनाउँछन्, ‘त्यसपछि परिणिति र बोमन सरले पनि देख्नुभयो उहाँहरू मेरो मुखमा हेर्दै, आपसमा मुखामुख गरेर कुराकानी गर्दै हाँस्न थाल्नुभयो । त्यसपछि बल्ल अनुपम खेरले मतिर हेर्नुभयो, अलमल्ल पर्दै हाँस्नुभयो ।’

खेरले लामिछानेलाई भने, ‘तिमी अहिले अनुपम खेरको डुप्स भएका छौ, तर तिमी अनुपम खेर हैन सरोज लामिछाने बनेर नै आफ्नो पहिचान बनाउनुपर्छ ।’

लामिछानेले करिब एक महिना खेर र बलिउडका अन्य कलाकारसँग बिताए । सुटिङकै क्रममा उनले थुप्रै अनुभव संगाल्ने मौका पाए । बलिउड कलाकारका मुखबाट नेपालीको प्रशंसा गरेको सुन्न पाए । ‘नेपालीहरू एकदमै साहसी हुन्छन्, जहाँ हामी पुग्न सक्दैनौँ त्यो ठाउँमा नेपाली पुग्न सक्छन्,’ बलिउड कलाकारले सम्झँदै लामिछानेले भने ।

साथै, खेरले पनि उनको पशंसा गरे । आफ्नो नक्कली बनेर अभिनय गरेको खेरलाई मन परेछ । त्यसपछि खेरले लामिछानेलाई भने, ‘तिमी अहिले अनुपम खेरको डुप्स भएका छौ, तर तिमी अनुपम खेर हैन सरोज लामिछाने बनेर नै आफ्नो पहिचान बनाउनुपर्छ ।’ यो कुरा लामिछानेको कानमा अझै गुञ्जिरहेको छ । त्यसैले, उनी गर्व गर्दै भन्छन्, ‘त्यत्रो ठूलो इन्डस्ट्रीले नेपाली कलाकार रोज्नु र नेपालीको हिम्मतलाई प्रशंसा गर्नु चानचुने कुरा होइन ।’

भिडियो:

यो पनि…
मौलाउँदै छ,मौलिक पहिरन
रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested