English

रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)



ठमेलबाटभित्र गल्ली छिचोल्दै चाक्सीबारी मार्ग निस्किँदा बायाँ साइडको सानो गल्लीभित्र मिथिला यान आर्ट ग्यालरी छ । त्यहाँ ढोका अगाडि नै आकर्षक चित्रहरू टाँसिएको थियो । ढोकाभित्र छिर्नेबित्तिकै रंगोलीबाट एउटा ठूलोे चित्र सजाएर राखिएको थियो । चित्र थियो अभिनेत्री स्वस्तिमा खड्काको । चित्र झट्ट हेर्दा लाग्थ्यो साँच्चै स्वस्तिमा नै मुस्कुराइरहेकी छिन् ।

त्यस चित्रको विशेषता त्यतिमा मात्र सीमित थिएन । चित्रले अन्य पनि थुप्रै विशेषताहरू बोकेको थियो । रंगोलीबाट बनेको त्यो चित्रलाई इन्डियन रंगोली आर्टिस्ट शिवा माणिकपुरीले बनाएका थिए ।

तिहारमा रंगोली बनाउने गरेको त हामीलाई थाहा छ, तर रंगोलीबाट चित्र हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ । रंगोली कलरको प्रयोग गरेर जीवन्त चित्र कोर्न सक्ने शिवाको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा पनि छानिएको छ ।

‘तिहारमा रंगोली बनाउने चलन छ । त्यसैले, मैले पनि एकपटक प्रयास गरेकी थिएँ ।’, तर, सामान्य डिजाइन पनि मलाई बनाउन गाह्रो भएको थियो, उहाँले त त्यही रंगोलीबाट यत्ति राम्रो चित्र बनाउनु भयो ।’

मिथिला यान आर्ट ग्यालरीमा अन्य पनि थुप्रै चित्रकारहरूको चित्र झुन्ड्याइएको थियो । तर, भुइँमा रंगोली सजाएर राखिएको स्वस्तिमाको चित्र अन्यभन्दा जीवन्त देखिएको थियो ।

उनको त्यो रंगोली आर्ट हेर्नका लागि स्वयं स्वस्तिमा पनि मिथिला यान आर्ट ग्यालरी पुगेकी थिइन् । त्यहाँ पुगेर ढोकाबाट छिर्नेबित्तिकै रंगोलीले सजिएको ठूलो चित्र देखेर उनले भनिन्– ‘वाउ सो नाइस’ उनको अनुहारमा छुट्टै प्रकारको खुसी छल्किएको थियो । आफ्नो चित्रलाई हेर्दै उनले भनिन्– ‘तिहारमा रंगोली बनाउने चलन छ । त्यसैले, मैले पनि एकपटक प्रयास गरेकी थिएँ ।’, तर, सामान्य डिजाइन पनि मलाई बनाउन गाह्रो भएको थियो, उहाँले त त्यही रंगोलीबाट यत्ति राम्रो चित्र बनाउनु भयो ।’

इन्डियन रंगोली आर्टिस्ट भएर पनि नेपाली कलाकारको चित्र बनाएको देखेर उनलाई एकदमै खुसी लागेको स्वस्तिमाले बताइन् । यति राम्रो जीवन्त चित्र बनाइदिएकोमा उनले शिवालाई धन्यवाद पनि दिइन् । ‘मलाई यो जीवन्त रंगोली चित्र देखेर एकदमै खुसी लाग्यो ।’ उनले भनिन्– ‘तर, एउटा कुरामा चैँ मलाई नराम्रो पनि लागेको छ । किनकि, यो चित्र दुई/तिन दिनमै मेटिन्छ ।’

यति राम्रो आर्ट देखेर आफूलाई पनि शिवासँग रंगोली आर्ट सिक्ने रहर भएको उनले बताइन् । धेरै जना चित्रकारहरूले मेरो चित्र बनाएर उपहार दिएका छन् । तर, यसरी रंगोलीबाट चित्र बनाएर उपहार पाएको पहिलोपटक भएको स्वस्तिमाले सुनाइन् ।

तिहारमा घरको आँगनमा बनाइएको रंगोली जसरी तिहारलगत्तै मेटाइन्छ त्यसरी नै रंगोली आर्ट पनि लामो समयसम्म राख्न मिल्दैन । सायद, यो आर्टको विशेषता नै त्यही हो ।

सन् २०१८ देखि शिवा स्वस्तिमाको फ्यान थिए । स्वस्तिमा अभिनीत ‘कुटुमा कुट सुपारी दाना’ गीत उनलाई एकदमै मन पर्छ । त्यसैले, उनले स्वस्तिमाको रंगोली आर्ट बनाए । उनले बनाएको रंगोली आर्ट हेर्नको लागि स्वस्तिमा आएको र उनलाई भेट्न पाउँदा आफूलाई एकदमै खुसी लागेको शिवाले सुनाए ।

सन् २०१८ देखि शिवा स्वस्तिमाको फ्यान थिए । स्वस्तिमा अभिनीत ‘कुटुमा कुट सुपारी दाना’ गीत उनलाई एकदमै मन पर्छ । त्यसैले, उनले स्वस्तिमाको रंगोली आर्ट बनाए । उनले बनाएको रंगोली आर्ट हेर्नको लागि स्वस्तिमा आएको र उनलाई भेट्न पाउँदा आफूलाई एकदमै खुसी लागेको शिवाले सुनाए ।

शिवा रंगोली आर्ट बनाएर नै वल्र्ड रेकर्ड बनाएका छन् । त्यसैले, शिवालाई रंगोली आर्टको जादुगर भन्न रुचाउने निर्देशक सुब्रत आचार्यले बताए । ‘रंगोलीको कलरबाट यस्तो राम्रो पेन्टिङ बनाउनु एकदमै रचनात्मक काम हो ।’

नेपाल र मित्र राष्ट्र भारतको सम्बन्ध परापूर्व कालदेखि नै रही आएको छ । यस सम्बन्धभित्र धार्मिक, साँस्कृतिक, व्यापारिक र कलाको पक्ष पनि जोडिएको छ ।

नेपाली कलासँग यसरी जोडिए शिवा
दुई देशबीचको आधुनिक कलाहरू प्रायः छुट्याउन सकिने अवस्थाको हुँदैन नेपालमा आधुनिक कला विकाशमा, शुरुवाती कालमा भारतको कलाको प्रभाव परेको देखिन्छ ।

यसै सन्दर्भमा नेपाल भारतको परम्परागत सम्बन्धलाई कलाको माध्यम पारिलो पार्नेक्रममा गत पौष १३ गते मंगलबारको दिन मिथिला ग्यालरीले भारत र नेपालका कलाकारहरूको संयुक्त कला प्रदर्शनी र रंगोली दुई कार्यक्रम गर्यो । जसमा भारतका प्रियान्सी सोनी, रेबिका शाक्य, मनीषा टाइगर, मीनाक्षी दुवे, कोमल माणिक पुरी, रेणु यादव, विपिन भगत, फरान अली, राकेश साहु, शेखर किरसागर, अरविन्द्र प्रजापति, पवन कुशवाह, अवनिश विश्वकर्मा, दिव्या देवानगन, याशिका चौधरी, प्रिया चान्दवानीलगायत सहभागी थिए ।

शिवा इन्डियन आर्टीस्ट भए पनि उनको नाता नेपालसँग कलाको साथै अर्को पनि छ । उनी नेपालको ज्वाइँ हुन् । नेपालमा चित्रकला प्रदर्शनीको लागि आउँदा नेपाली चेली उनको कला देखि प्रभावित भएकी थिइन् । उनीसँग शिवाले विवाह गरेका छन् ।

यसैगरी, रंगोली २ को कला कार्यशालामा भारतबाट आएका कलाकार शिवारंगले आफ्नो रंगोली प्रतिभा प्रस्तुत गरेका थिए । उनले नेपालकी चर्चित अभिनेत्री स्वस्तिका खड्काको पोट्रेट अर्थात् मुहार चित्रको सिर्जना गरेका थिए । स्वयं स्वस्तिमाको उपस्थितिमा बनाइएको मुहार चित्र उत्कृष्ट बनेको थियो । कलाकार शिवारंग भारतका एक चर्चित रंगोली कलाकार हुन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत थुप्रै विशिष्ट व्यक्तिहरूका धूलो रंग छर्केर चित्र बनाएका छन् ।

शिवा इन्डियन आर्टीस्ट भए पनि उनको नाता नेपालसँग कलाको साथै अर्को पनि छ । उनी नेपालको ज्वाइँ हुन् । नेपालमा चित्रकला प्रदर्शनीको लागि आउँदा नेपाली चेली उनको कला देखि प्रभावित भएकी थिइन् । उनीसँग शिवाले विवाह गरेका छन् ।

फाेटाे/भिडियाेः सिमाेन तामाङ/मेराे लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो