English

‘कलाकारिताले समाजमा पारेको प्रभावलाई सम्मान गर्नुपर्छ’– बिनिता बुद्धाचार्य (भिडियाे पनि)



भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा चित्रले व्यक्त गर्छ । बिनिता बुद्धाचार्यको हकमा पनि यो वाक्य लागू हुन्छ ।

संस्कृति, सम्पदा र कला–कौशलमा धनी सहर काठमाडौंमा जन्मिएकी बिनिता बुद्धाचार्य अहिले जीवन र जगतलाई कुचीको माध्यमबाट कोर्दै चर्चामा छिन् ।

एक कुशल कलाकारको साथै लेखकसमेत रहेकी उनको पुस्तक ‘राजकुमारी र सुनपति’ बजारमा उपलब्ध छ ।

क्लासिक आर्ट ग्यालरी ललितपुरमा नारी दिवसको दिनदेखि ‘युमन क्रियटिभ एनर्जी’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ । जसमा २६ जना महिला कलाकार सहभागी छन् । त्यस प्रदर्शनीमा बिनिता पनि सहभागी भएकी छिन् । जसमा उनको सिर्जना ‘द हार्ट अफ महासागर’ पनि प्रदर्शनीमा छ । दुई वर्ष अघिदेखि उनी यस प्रदर्शनीमा सहभागिता जनाइरहेकी छिन् ।

हाम्रो पुर्खाले गर्दै आएको कलाकृतिबाट धेरै कुरा सिक्ने मौका पाएँ ।

प्रदर्शनीमा रहेको चित्र ‘द हार्ट अफ महासागर’ले एउटा नारीको लुकेको पक्षलाई देखाउन खोजेको उनी बताउँछिन् । एउटा नारीको मन मस्तिष्क अथवा उसको संसार धेरै ठूलो हुन्छ । त्यसैले, उनी कोही न कोहीसँग जोडिइरहेकी हुन्छिन् । सम्बन्ध अघि बढाउने क्रममा आफ्नो व्यक्तिगत इच्छालाई मनमा नै दबाएर राख्ने बानी महिलाहरूमा हुन्छ । त्यसलाई बाहिर ल्याउनुपर्छ भन्ने कुरालाई यो चित्रले वर्णन गरेको बिनिताको भनाइ छ ।

यो चित्रलाई कोर्ने प्रेरणा उनको वरपरको वातावरण, रीतिरिवाज र पिता पुर्खा भएको उनी बताउँछिन् । ‘हाम्रो पुर्खाले गर्दै आएको कलाकृतिबाट धेरै कुरा सिक्ने मौका पाएँ ।’

सानैदेखि उनको चित्रकलामा रुचि थियो । रुचिको विषयलाई नै आफ्नो करियर बनाउने सोचको साथ उनीले विद्यालय पछिको पढाइमा फाइन आर्टलाई नै रोजिन् । अध्ययनकै क्रममा नेपाल मात्र हैन अन्तर्राष्ट्रिय कलाकारहरूको कलाकारिताको विषयमा पनि उनले जान्ने मौका पाइन् । जसले उनको त्यो रुचिलाई पेसामा बदल्यो ।

नेपाली संस्कृतिसँग जोडिएको जति पनि कलाकारिताहरू छन् । ती कुराहरूले उनलाई चित्र कोर्न र चित्रलाई मानिसको जीवनसँग जोड्न प्रेरणा मिल्छ ।

पढेलेखेका मानिसहरूले त शब्द बुझ्छन् तर जसले पढेलेखेको छैन उनीहरूलाई त शब्द बुझ्न गाह्रो हुन्छ त्यसैले चित्र मार्फत कथा पनि बुझाउन सकिन्छ ।

कला के हो भनेर बुझ्नुभन्दा अगाडिदेखि नै उनी कलाकारितासँग जोडिएको थिइन् । पत्रपत्रिकामा नायक,नायिकाहरूको चित्र देख्ने बित्तिकै कोर्न बासिहाल्थिन् । उनी कक्षा ८ मा पढ्दा नै मयूर पत्रिकामा ‘भिजुअल आर्टिस्ट’ को काम गर्थिन् ।

चित्र मार्फत कथा बुन्ने काममा उनी सिपालु छिन् । ‘पढेलेखेका मानिसहरूले त शब्द बुझ्छन् तर जसले पढेलेखेको छैन उनीहरूलाई त शब्द बुझ्न गाह्रो हुन्छ त्यसैले चित्र मार्फत कथा पनि बुझाउन सकिन्छ ।’

बालबालिकाको कथालाई कसरी नैतिक बनाउने भन्ने कुरामा पनि उनलाई सधैँ चासो रहन्थ्यो । त्यसैलाई ध्यानमा राखेर उनले ‘राजकुमारी र सुनपति’ बालकथा सार्वजनिक गरिन् । लगभग १६ वर्ष उनले बाल साहित्यमा काम गरिसकेकी छिन् ।

बितिनालाई नयाँ–नयाँ प्रयोगात्मक काम गर्न मनपर्छ । चित्रकला, हस्तकला र साहित्य लेखनलगायत विभिन्न क्षेत्रमा काम गरिसकेकी उनलाई समाज रूपान्तरणमा कलाकारको पनि ठूलो भूमिका हुन्छ भन्ने लाग्छ । समाजबाट कलाकार जन्मिएजस्तै समाजलाई कस्तो बनाउने भन्ने कुरा कलाकारले परिभाषित गर्छ भन्ने उनलाई लाग्छ ।

समाजमा कलाकारिताले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर पुर्याएको हुन्छ । त्यसैले, कलालाई सबैले सम्मानको दृष्टिले हेर्नुपर्ने उनी बताउँछिन् ।

फोटो/भिडियो : किरण स्याङ्बो/ मेरो लाइफस्टाइल

यो पनि…
रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)
नेपाली फिल्मले होलीलाई दिएको छ महत्त्व



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested