English

नेपाली फिल्मले होलीलाई दिएको छ महत्त्व



रङ्गहरूको पर्व होली । विभिन्न रङ्गहरूको माध्यमबाट प्रेम र सद्भावको साथ यो पर्व मनाइन्छ । आफन्त र साथीभाइबीच रङ्ग लगाएर हर्ष र उल्लासको साथ मनाइने यो पर्वको विशेष महत्त्व छ । नेपाल तथा भारतमा हिन्दू समुदायले होलीलाई उल्लासका साथ मनाउँछन् ।

नेपाली फिल्म इन्डस्ट्रीमा पनि यो पर्वलाई विशेष महत्त्व दिइएको पाइन्छ । धेरै नेपाली चलचित्रमा होली पर्वको महत्त्वलाई र होली गीतलाई समावेश गरिएको छ ।

वसन्ती

२००० सालमा प्रदर्शन भएको चलचित्र ‘वसन्ती’ एक ऐतिहासिक चलचित्र हो । यस चलचित्रमा ‘फागु हो फागु हो’ बोलको होली गीत समावेश छ । राणाकालीन समयमा दरबारभित्र होलीलाई कसरी मनाइन्थ्यो भन्ने कुरा यस फिल्ममा देखाइएको छ ।

यो सदावहार होली गीत हो । फिल्मको साथै होलीको गीतलाई दर्शकले एकदमै रुचाएका थिए । गीतको भिडियोमा प्रयोग भएको रङ्गहरूले गीतको सुन्दरतालाई झन् बढाएको छ । राजेश हमाल, करिश्मा मानन्धर र गौरी मल्ल अभिनीत चलचित्र वसन्ती प्रेम, रोमान्स र थ्रिलर चलचित्र हो ।

नेपाली चलचित्र क्षेत्रमा धेरै ठूलो इतिहास बोकेको यस चलचित्र नेपालका प्रख्यात उपन्यासकार डायमण्ड शमशेर राणाले लेखेको उपन्यास ‘वसन्ती’ मा आधारित रहेको छ ।

अधिकार

१९९३ सालमा प्रदर्शन भएको चलचित्र ‘अधिकार’मा राजेश हमाल, कृष्टि मैनाली, मिथिला शर्मा आदिको अभिनय रहेको छ । यस फिल्ममा होलीको गीतलाई विशेष महत्त्व दिइएको छ । ‘होलीले मेरो रङ्गायो नयाँ चोली’ बोलको होली गीत फिल्ममा समावेश छ । यस गीतमा उदित नारायण झा, दिपा झा, प्रकाश श्रेष्ठ र पूर्णिमा श्रेष्ठको स्वर रहेको छ । यो गीतलाई हरेक पुस्ताले रुचाएको छ । हरेक वर्ष होलीमा यो गीत बजाएर नाचगान गर्ने गरिएको छ ।

होस्टेल

२०६९ मा प्रदर्शन भएको चलचित्र ‘होस्टेल’मा पनि होलीको प्रसङ्गलाई जोडिएको छ होस्टेलमा पढ्न बसेका विद्यार्थीहरू होलीको बिदाको दिन बाहिर घुम्न गएको र होली खेलेको सिनलाई फिल्ममा समेटिएको छ । युवाहरूले होलीलाई कसरी लिएका छन् र कसरी मनाउँछन् भन्ने कुरा पनि देखाइएको छ । फिल्ममा अनमोल केसी, प्रकृति श्रेष्ठ, सलोन बस्नेत र गौरव पहाडी आदिको अभिनय रहेको छ ।

तिलहरी

२०४६ सालमा प्रदर्शन भएको चलचित्र ‘तिलहरी’मा पहिलोपटक होली गीत समेटिएको थियो । ‘होलिया होलिया’ बोलको होली गीत समावेश गरिएको छ । यस चलचित्रमा तराई क्षेत्रमा खेलिने होली र होली गीतलाई विशेष महत्त्वका साथ प्रस्तुत गएको छ । नायक भुवन केसी र नायिका मौसमी मल्ल अभिनीत यो चलचित्रको होली गीतलाई हरेक होलीमा बजाउने गरिन्छ ।

गाँजलु

नेपाली चलचित्र गाँजलुमा पनि ‘रङ्ग रङ्ग’ बोलको होली गीत समावेश गरिएको छ । यो फिल्म २०७३ सालमा प्रदर्शन भएको थियो । फिल्ममा अनमोल केसी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन् । फिल्म कुमारीको कथामा आधारित छ । काठमाडौंको वसन्तपुरमा हरेक वर्ष होली खेलिन्छ । त्यही परिवेशलाई फिल्ममा जोडिएको छ ।

सीता

श्रीकृष्ण श्रेष्ठ, सारङ्गा श्रेष्ठ, राजाराम पौडेल, किरण केसी अभिनीत चलचित्र ‘सीता’ मा पनि होली गीत ‘आज जनकपुरमे होली है’ बोलको गीत समावेश गरिएको छ । २०५१ चैत २५ गते प्रदर्शन भएको यो फिल्ममा जनकपुर क्षेत्रमा कसरी होली मनाइन्छ भन्ने कुरा देखाइएको छ ।

अल्झेछ क्यारे पछ्यौरी

अन्य नेपाली चलचित्रमा जस्तै ‘अल्झेछ क्यारे पछ्यौरी’मा पनि ‘होलीके दिन’ बोलको होली गीत समावेश छ । मैथिली भाषामा रहेको यस गीतमा तराई क्षेत्रमा भव्यताको साथ होली मनाएको दृश्य समावेश गरिएको छ । २०६९ मा प्रदर्शन भएको यस चलचित्रमा विराज भट्ट, रवि बस्नेत, ऋचा शर्मा र उषा पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

बटरफ्लाईमा

नायिका प्रियङ्का कार्की, नायक आर्यन अधिकारी अभिनीत चलचित्र ‘बटरफ्लाईमा’ पनि ‘होली रे’ बोलको गीत समावेश गरिएको छ । यो चलचित्र २०७४ मा प्रदर्शनमा आएको थियो । युवा पुस्ताले खेल्ने होलीको दृश्यलाई समेटिएको छ । युवाहरूले यो होली गीतलाई धेरै रुचाएका पनि छन् ।

संरक्षण

२०७४ मा प्रदर्शन भएको चलचित्र ‘संरक्षण’मा पनि होली गीतलाई विशेष महत्त्वको साथ प्रस्तुत गरिएको छ । ‘होरी मे गोरी’ बोलको भोजपुरी गीतमा तराईमा खेलिने होलीलाई देखाइएको छ । चलचित्रमा सौगात मल्ल, आशिष्मा नकर्मी, मलिना जोशीको मुख्य भूमिका रहेको छ ।

आनन्दता

रमित ढुङ्गाना, रोहन ढकाल र सबु सिंह अभिनीत चलचित्र ‘आनन्दता’मा पनि ‘मौसम हो यो मायाको रङ्गको तिहार’ बोलको होली गीत समावेश गरिएको छ । २०६८ मा प्रदर्शन भएको यस चलचित्रको गीतमा तराईमा खेलिने होलीको परिवेशलाई समेटिएको छ ।

यो पनि…
होली भन्नेबित्तिकै के सम्झिन्छन् कलाकार ?
परम्परा बिर्सेर आधुनिक हुँदै गयो होली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,