English

निरुता सिंह भन्छिन् – नेपाली फिल्म र दर्शकको माया मार्न सक्दिनँ



एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा बस्दै आएकी निरुता रियालिटी शो डान्स च्याम्पियनको निर्णायकको अभिभारा बहन गर्न काठमाडौं आएकी हुन् । 

वरिष्ठ निर्देशक तुलसी घिमीरेको खोजको रूपमा ‘दक्षिणा’ फिल्मबाट डेब्यू गरेकी निरुताले त्यसपछि ‘दर्पण छायाँ’, ‘ठूल्दाइ’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘चाँदनी’ लगायतका थुप्रै हिट फिल्म दिइन् । विशेषगरी सेन्टिमेन्टल दृश्यका लागि चर्चित रहेकी निरुताले ‘माइली’ फिल्ममा भने आधुनिक युवतीको भूमिका निर्वाह गरिन् । 

त्यसपछिका दिनमा उनका फिल्म चल्न छाडे । फिल्म हात पर्ने क्रम घट्दै गएपछि उनी बलिउडमा ‘ट्राई’ गर्न मुम्बई गएकी थिइन् । मुम्बईमा खासै उल्लेख्य कलाकारिता गर्न नपाए पनि उनी बेलाबेलामा काठमाडांै भने आइरहन्छिन् । 

पछिल्लो समय निरुता भुवन केसीको ‘क्याप्टेन’ फिल्मको ‘तिमी अर्कैको चिया बगान…’ बोलको गीतमा देखापरेकी थिइन् । सोही वर्ष उनी प्रमुख भूमिकामा अभिनित ‘दाल भात तरकारी’ फिल्म प्रदर्शन भएको थियो । मह जोडीको सो फिल्मले दर्शकको साथ भने पाएन । 

आफू जहाँ रहे पनि नेपाली फिल्म र दर्शकको माया मार्न नसक्ने निरुता बताउँछिन् । आफूलाई सुहाउने चरित्र र भूमिका भएमा जुनसुकै बेला पनि नेपाली फिल्ममा अभिनय गर्न आफू तयार रहेको उनको भनाइ छ । 

‘डान्स च्याम्पियन’ को एक निर्णायकको रूपमा रहन पाउँदा आफूलाई निकै गर्व लागेको उनले बताइन् । अभिनेता गजित विष्टको निर्देशनमा रहेको सो रियालिटी शो २५ कात्तिकदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदैछ । 

यो पनि पढ्नुहोस्

१७ वर्षपछि शरद ऋतुमा कञ्चनजङ्घा आरोहण (फोटो/भिडियोसहित)
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं
लाखे ब्युताउँदै नयाँ पुस्ता (तस्बिर कथा)
गुलाबी रङले सजिएको वालिङ (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested