१७ वर्षपछि शरद ऋतुमा कञ्चनजङ्घा आरोहण (फोटो/भिडियोसहित)
विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा अति चुनौतीपूर्ण हिमालमध्ये एउटा मानिन्छ । मौसममा थोरै फेरबदल हुँदा पनि त्यहाँ जोखिम बढ्छ । ठाडो उकालो भएकाले शिखरमा पुग्ने बाटो अप्ठ्यारो भएको शेर्पाहरु बताउँछन् । सन् १९५५ मे २५ मा जो ब्राउन र जर्ज ब्यान्डले पहिलोपटक कञ्चनजङ्घा सफल आरोहण गरेका थिए । हालसम्म २ सय ४० बढीले यो हिमालको आरोहण गरिसकेका छन् ।


सन् २००४ अर्थात् १७ वर्षपछि शरद ऋतुमा हालै पहिलोपटक कञ्जनजङ्घाको सफल आरोहण भएको छ । चार अनुभवी नेपालीसहित एक ताइवानी महिला आरोहीले १६ अक्टुबरका दिन उक्त हिमालको सफल आरोहण गरेका हुन् ।
टोलीमा ग्याल्जे शेर्पा, निमा ग्याल्जेन शेर्पा, दाकिपा शेर्पा, पासाङ रिन्जी शेर्पा र ताइवानी सेन को इआरएज सहभागी थिए । सेन को कञ्जनजङ्घा हिमाल आरोहण गर्ने पहिलो ताइवानी महिला बनेकी छन् । यसअघि उनले सगरमाथा, लोत्से, मनास्लु, धवलागिरी आरोहण गरिसकेकी छन् । अन्य चार नेपाली शेर्पा आरोहीहरुले यसअघि सगरमाथा, अन्नपूर्ण, मनास्लु, धवलागिरी, नागा पर्वत, सिसापाङ्मा लगायत हिमाल आरोहणको अनुभव बटुलिसकेका छन् ।
कञ्चनजङ्घा नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित छ । ८,५८६ मिटर अग्लो यो हिमाल पश्चिममा तमोर नदी, उत्तरमा ल्होनाक चु तथा जोङ्सोङ् ला र पूर्वमा टिस्टा नदीले घेरिएको छ । सन् १८५२ सम्म कञ्चनजङ्घा विश्वको सबैभन्दा अग्लो हिमाल मानिएको थियो । तर, सन् १८४९ मा भएको सर्वेक्षणले सगरमाथा नै सबैभन्दा उच्च रहेको ठहर गरेको थियो । थप प्रमाणीकरणका आधारमा सन् १८५६ मा कञ्चनजङ्घालाई आधिकारिक रुपमा विश्वको तेस्रो अग्लो हिमाल घोषणा गरिएको हो । हालसम्म २ सय ४० बढीले यो हिमालको आरोहण गरिसकेका छन् ।
भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् ।


























































तस्बिर : सेभेन समिट/ निमा ग्याल्जेन शेर्पा
यो पनि पढ्नुहोस् ।
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं
लाखे ब्युताउँदै नयाँ पुस्ता (तस्बिर कथा)
यसरी थन्काइयो अमेरिकी खोप (फोटो फिचर)
गुलाबी रङले सजिएको वालिङ (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
विश्व चिनाउने साताका २५ तस्वीर
विश्व चिनाउने साताका २० तस्वीर












Keesha
Nice write-up, I am an enormous believer in commenting on blogs to help the blog writers know that they've added something worthwhile to the world huge net! (supply roblox-cheats.com). Anyway, in my language, there are usually not a lot good source like this. Feel free to visit my web site; Psychologia pieniędzy