English

कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)

वार्षिक १४ करोड आम्दानी गुम्यो


‘धैर्य नै ठूलो प्रार्थना हो’
माथिको भनाई सिद्धार्थ गौतम बुद्धको हो । कोरोना महामारीले थला परेको बुद्धको जन्मस्थल लुम्बिनी यही प्रार्थना गरिरहेको छ ।
आन्तरिक तथा वाह्य पर्यटकको हब मानिने लुम्बिनी अहिले सुनसान छ । सधैं मानिसको भीडभाड हुन यो थलोमा यतिबेला चराचुरुङ्गी र जनावरबाहेक केही देखिँदैनन् । समग्रमा लुम्बिनीले लामो थकाई मारिरहेको छ ।

आन्तरिक तथा वाह्य पर्यटकबाट लुम्बिनीमा झन्डै वार्षिक १४ करोड रुपैयाँ आम्दानी हुन्थ्यो । तर, अहिले लुम्बिनी आर्थिक रुपमा थला परेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य बताउँछन् ।

लुम्बिनीले वाह्य पर्यटकलाई स्वागत नगरेको दुई वर्ष बितिसक्यो । कोरोनाको पहिलो लहरमा लामो समय बन्द भएको लुम्बिनी परिसर ३ मंसिरबाट खुलेको थियो । ‘केही महिना आन्तरिक पर्यटक आउनुभएको थियो,’ शाक्य भन्छन्, ‘वैशाखबाट लुम्बिनी फेरि थला परेको छ, कार्यालयमा पनि अत्यावश्यक कर्मचारीमात्र उपस्थित भएर काम गरिरहेका छौं ।’ सरकारले अब केही दिनमा निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेपनि लुम्बिनी तत्काल खुल्ने सम्भावना नरहेको शाक्य बताउँछन् । ‘सरकारले लकडाउन खुकुलो बनाएतापनि तत्काल खोल्न सकिँदैन,’ उनले भने, ‘मन्दिर खोल्ने सरकारको निर्णय पछिमात्र चरणवद्ध रुपमा खोल्छौं ।’

सन् २०१९/२० को तथ्यांकअनुसार लुम्बिनीमा वार्षिक करिव १९ लाख पर्यटक भित्रिन्थे । जसमध्ये, आन्तरिक करिव १४ लाख, भारतबाट २ लाख ५० हजार, यसैगरी, थाइल्यान्ड, जापानलगायतका तेस्रो मुलुकका झन्डै २ लाख पर्यटकले लुम्बिनी भ्रमण गर्ने गरेकाे शाक्य बताउँछन् । ‘२ वर्ष यता विदेशी पर्यटकहरु ठप्प छन्,’ उनले भने । पर्यटकको आवतजावत नभएपछि लुम्बिनी परिसर भित्रका चराचुरुङ्गी, जीवजन्तु स्वच्छन्द बाहिर निस्कन थालेका छन् । ‘मानिसहरुको आवतजावत नभएपछि जीवजन्तुहरु बाटोमै निस्फिक्री डुलिरहेको देख्न सकिन्छ,’ शाक्यले भने, ‘मयुर, मृग, नील गाईलाई नजिकैबाट नियाल्न सकिन्छ ।’ लुम्बिनी विकास कोषले निषेधाज्ञामा पनि गुरुयोजनाका बाँकी कामलाई सुचारु राखेको छ । पोखरी, गौतम वुद्ध फलफूल बाटिका, ५ हजार क्षमताको हल निर्माणका काम भइरहेको शाक्यले जनाए । साथै, गुरुयोजना अन्तर्गतका अन्य बाँकी कामको पनि ठेक्का आह्वान गरिएको छ ।


अब डेढ घण्टामै बुटवल-नारायणगढ (ड्रोन तस्बिर)
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested