लाखे ब्युताउँदै नयाँ पुस्ता (तस्बिर कथा)
लाखे नाच नेवार समुदायको धार्मिक तथा सांस्कृतिक गौरवको पर्याय हो । यो समुदायमा नाचिने मौलिक देवी देवताका नाचहरु मध्ये लाखे रोचक मानिन्छ ।

परापूर्वकालमा मनोरञ्जनका विकल्प सिमित थिए । उतिबेला देवी देवताको आकृति कुँदिएका मुखुन्डो लगाउने र चोक–चोकमा नाच देखाउने परम्परा थियो । सुरुमा मनोरञ्जनमा सिमित यस्ता कार्यक्रम कालान्तरमा पुजा गरेर मानवबस्तीलाई भुत प्रेतको दोहबाट जोगाउने पर्व जस्ता मनोविज्ञानसँग जोडिन्छ ।
लाखे विशेषगरी काठमाडौ आसपासको नेवार बस्तीमा बढी प्रचलित छ । उपत्यका बाहेक दोलखा, धुलिखेल, पनौती, भोजपुर, काँस्की, बाग्लुङ लगायत नेवार बसोबास रहेको जिल्लामा यो नाच प्रख्यात छ । नेवार समुदाय बीच सद्भावको प्रतिक बनिरहेको यो नाच अहिले आन्तरिक तथा बाह्य पर्यटक तान्ने सांस्कृतिक उत्सव समेत बनेको छ । टाउकोमा राक्षसको प्रतिक लगाएर देवी देवताका पहिरनमा परम्परागत बाजागाजा सहित नाच्दै टोल टोलमा परिक्रमा गर्नु यो नाचको विशेषता हो ।

पछिल्लोसमय यसप्रति युवापीढिको आकर्षण घट्दा लाखे लोप हुँदै गएको पाइन्छ । तर, शनिबार काठमाण्डौंस्थित गोंगबुको दृष्य भने विपरित थियो । लाखे बनेका दुई किशोर थिए– प्रज्वल शाही र रोहन श्रेष्ठ । बाद्यवानदमा सहभागी अधिकांश समेत किशोर र युवाहरु थिए । यहाँका स्थानीय युवाहरुकै सक्रियतामा उक्त कार्यक्रम आयोजित थियो । आफ्नो मौलिक परम्परा जोगिनुपर्छ भन्ने उद्देश्यले युवा समूह अघि सरेको स्थानीय निरेशलाल सिंहले बताए ।

नेवारी समुदायमा परापूर्वकालदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिन र भाबी पुस्ताका लागि संरक्षण गर्नका लागि लाखे नाचको आयोजना गरिएको उनको भनाई थियो । ‘हाम्रो संस्कृतिलाई हामीले नै संरक्षण नगरे कसले गर्छ,’ राष्ट्रिय खेलकुद महासंघको उपाध्यक्ष समेत रहेका सिंहले भने, ‘त्यसैले यसपाली हामीले लाखे नाचको आयोजना गरेका हौं अब यसलाई निरन्तरता दिन्छौं ।’ गोंगबु चोकबाट सुरु भएको लाखे नाच गणेशस्थान, बानियाँटार हुँदै परिक्रमा गराइएको थियो । स्थानीयले लाखेलाई आ–आफ्नो घरमा भित्राई पुजाअर्चना समेत गरे ।










































यो पनि पढ्नुहोस्
गाईजात्रा : थाकेको शरीरमा ऊर्जा भर्ने बागलुङको ‘लाखे नाच’
यस्तो छ भक्तपुरमा मनाइने ‘साँपारु’को महिमा
किन मनाइन्छ गाईजात्रा ? यस्तो छ कारण











internet pharmacy no prior prescription
canada pharmacy online orders