English

‘केजीएफ २’ को समुद्रमा डुब्यो साहिदको ‘जर्सी’



साउथ फिल्म ‘केजीएफ २’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । प्रदर्शनको पहिलो हप्ता २ सय ५० करोडको आँकडा पार गरेको फिल्मले दोस्रो हप्ताको विकेन्डसम्म आइपुग्दा हिन्दी भर्सनमा मात्र ३ सय २१ करोड कमाएको छ । फिल्मले दोस्रो हप्तामा पनि प्रत्येक दिन १५-२० करोड कमाईरहेको छ । फिल्मले हिन्दी भर्सनमा मात्र ५ सय करोड छाप्ने अनुमान गरिएको छ ।

‘केजीएफ २’ले बक्सअफिसमा बलियो पकड बनाइरहँदा यसै शुक्रवारबाट अभिनेता साहिद कपूर अभिनीत फिल्म ‘जर्सी’ रिलिज भयो । साउथको सुपरहिट फिल्म ‘जर्सी’को रिमेक भएकाले फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने धेरैको आँकलन थियो । तर, ‘केजीएफ २’को बाढीले फिल्मलाई नराम्रोसँग बगाएको छ । फिल्मले विकेन्डमा जम्मा १५ करोड मात्र कमाउन सफल भएको छ ।

सन् २०१९ मा आएको अभिनेता साहिद कपूरको फिल्म ‘कबीर सिंह’ले बक्सअफिसमा २ सय ७५ करोडको व्यापार गरेको थियो । यसको १० प्रतिशत कमाई गर्न पनि ‘जर्सी’का लागि मुश्किल पर्ने देखिन्छ । ४० करोडमा बनेको फिल्मले घरेलु बजारबाट लगानी उठाउने सम्भावना समेत न्यून बनेको छ । फिल्ममा साहिद कपूरसँगै पंकज कपूर र मृणाल ठाकुर पनि मुख्य भूमिकामा छन् ।

यो पनि
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य