English

‘दगंल’को कलेक्सनलाई पछाडि छाड्ने दौडमा ‘केजीएफ २’



साउथ स्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ले बक्सअफिसमा कमाईको रफ्तारलाई कम हुन दिएको छैन । विश्वभर आक्रामक कमाई गरिरहेको फिल्मले बलिउडका ‘ए लिस्टर’ फिल्मको कलेक्सनलाई समेत पछाडि पारेको छ । फिल्मले हिन्दी भर्सनमा प्रदर्शनको ५ दिनमा २ सय १९ करोड ५६ लाखको कमाई गरेको छ । फिल्मले पहिलो दिन मात्रै ५३ करोड कमाएको थियो ।

त्यस्तै, फिल्मले दोस्रो दिन हिन्दी भर्सनमा ४६ करोड ७९ लाख, तेस्रो दिन ४२ करोड ९० लाख, चौथो दिन ५० करोड ३५ लाख र पाँचौ दिन २५ करोड ५७ लाखको कमाई गरेको ट्रेन्ड एनालिस्ट तरण आदर्शले ट्विटरमार्फत् जानकारी गराएका छन् । ‘केजीएफ २’ले आमिर खानको सुपरहिट फिल्म ‘दगंल’को लाइफटाइम कलेक्सनलाई समेत केही दिनमा पछाडि पार्ने संकेत देखाएको छ ।

फिल्मले प्रदर्शनको पाँच दिनमा विश्वभरबाट ६ सय २५ करोड १२ लाखको कमाई गरेको साउथका ट्रेड एनालिस्ट मनोबाला विजयबालनले जानकारी दिएका छन् । उनका अनुसार, भारतमा सबैभन्दा ठूलो कमाई गर्ने फिल्मको ९ नम्बरको सूचिमा ‘केजीएफ २’ले आफ्नो स्थान बनाएको छ । फिल्मले प्रदर्शनको ९/१० दिनमा विश्वभरबाट हजार करोड छाप्ने अनुमान गरिएको छ ।

प्रशान्त नीलद्वारा निर्देशित फिल्ममा सञ्जय दत्त, रवीना टन्डन, श्रीनिधि शेट्टी, प्रकाश राज र मालविका अविनाशको पनि अभिनय छ । फिल्म कन्नड, तेलुगु, हिन्दी, तमिल र मलयालम भाषामा रिलिज भएको ‘केजीएफ २’ले नेपालमा समेत बोरामा पैसा भरिरहेको छ । दर्शकहरुले फिल्मको एक्सन पार्टलाई विशेष मन पराएका छन् । यो फिल्मले यशको करिअरलाई थप उचाइँमा पुर्‍याएको छ ।

यो पनि…
‘उचाइ’ मा भेटिए नेपाली अनुपम खेर (भिडियो पनि)
अनुपम खेरले सार्वजनिक गरे ‘उचाइ’ लुक्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested