English

‘केजीएफ २’ले हिन्दी भर्सनमै कमायो दुई दिनमा सय करोड



साउथ सुपरस्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ले बक्सअफिसमा डंका पिटेको छ । फिल्मले प्रदर्शनको दुई दिनमा नै बलिउड र साउथका कयौं फिल्मको रेकर्डलाई पछाडि पारेको छ । हिन्दी भर्सनमा पहिलो दिन नै ५३ करोड ९५ लाखको सानदार ओपनिङ गरेको फिल्म दोस्रो दिन पनि कमाईमा अब्बल देखियो । दुई दिनको कमाईसँगै फिल्म सय करोडमा सामेल भएको छ ।

दोस्रो दिन शुक्रवार ४६ करोड ७९ लाखको व्यापार गर्दै फिल्मले हिन्दी भर्सनमा १ सय ७४ लाखको कमाई गर्न सफल भएको हो । फिल्मको कमाईलाई ट्रेड एनालिस्ट तरण आदर्शले ‘सुनामी’को संज्ञा दिएका छन् । सन् २०१८ मा रिलिज भएको ‘केजीएफ’को हिन्दी भर्सनको लाइफटाइम कलेक्सन ४४ करोड ९ लाख मात्र थियो । ‘केजीएफ २’ले पहिलो दिन नै आफ्नै रेकर्ड ब्रेक गरेको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले ‘बाहुबली २’ र ‘दबंग’को व्यापारलाई पछ्याइरहेको छ । फिल्मले चार दिनमा १ सय ८४ करोडको व्यापार गर्ने उनको अनुमान छ । फिल्मले भारतमा मात्र नभइ विश्वभर सानदार कमाई गरिरहेको छ । नेपालमा मात्र फिल्मले प्रदर्शनको दुई दिनमा चार करोड छापेको जानकारीमा छ । नेपालमा ‘केजीएफ २’को गजबको क्रेज देखिएको छ ।

साउथका ट्रेड एनालिस्ट मनोबाला विजयबालनले ट्विटरमार्फत् फिल्मले विश्वभर २ दिनमा ३ सय करोडमाथिको व्यापार गरेको जानकारी दिएका छन् । प्रशान्त नीलद्वारा लिखित तथा निर्देशित फिल्ममा यशसँगै सञ्जय दत्त, रवीना टन्डन, श्रीनिधि शेट्टी, प्रकाश राज र मालविका अविनाश लगायतको अभिनय छ । फिल्म कन्नड, तेलुगु, हिन्दी, तमिल र मलयालम भाषामा रिलिज भएको हो ।

यो पनि…
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली सिनेमाको दर्शक हुँदाका ती दिन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested