English

शोमा भ्याइनभ्याइ भएपछि राति पनि देखाउन थालियो ‘केजीएफ २’



फिल्म रिलीजको इतिहासमा नै पहिलोपटक मध्यराती देखि नै फिल्म देखाईएको छ । काठमाडौंका केहि मल्टिप्लेक्सहरुमा राती ३ बजे देखि नै दक्षिण भारतिय फिल्म ‘केजीएफ २’ रिलीज गरिएको छ ।

दर्शकको डिमान्ड आएको भन्दै कमलपोखरीको बिग मुभिजले ३ बजे नै शो राखेको थियो । उक्त शो बुधवार राती अबेर देखि खुलाईएको भएता पनि दर्शकको चाप थियो । त्यस्तै बिग मुभिजमा नै ४ र ५ बजेको शो समेत राखिएको थियो भने चाबहिलको एफक्यूब सिनेमामा ४ बजे शो राखिएको थियो ।

केजीएफको पहिलो च्याप्टरले छोडेको छापको कारण दोश्रो च्याप्टरले इतिहास कायम गरेको हो । नेपालमा सयौं शोहरु पाएको यो फिल्मले केहि दिनको लागि सबै टिकट बेचिसकेको छ ।

भारतबाट र नेपालबाट यो फिल्मले एक्साईटिङ् रिभ्यु पाएको छ । भारतिय समिक्षक तरण आदर्शले ४/५ स्टार दिँदै ‘ब्लकबस्टर’ घोषणा गरेका छन् । तरणका अनुसार यो फिल्म बिश्वव्यापि दश हजार भन्दा बढि पर्दामा रिलीज भएको छ ।

कन्नड़ फिल्म इन्डस्ट्रीका ‘हाईएस्ट पेड एक्टर’ यश, सुनिधि शेट्टीको साथमा बलीउड सुपरस्टार सन्जय दत्त तथा अभिनेत्री रविना टन्डनको प्रमुख अभिनय रहेको ‘केजीएफ’का निर्देशक प्रशान्त नील हुन् ।

यो पनि…
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली सिनेमाको दर्शक हुँदाका ती दिन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested