English

‘केजीएफ-२’ : क्लाइमेक्समै २५ करोड खर्च



दक्षिण भारतीय (साउथ) को चर्चित फिल्म ‘केजीएफ च्याप्टर १’ को सफलतापछि दर्शक यस फिल्मको दोस्रो भाग ‘केजीएफ च्याप्टर २’ को पर्खाइमा छन् । निर्माण युनिटले भर्खर फिल्मको ट्रेलर सार्वजनिक गरेको थियो । जसले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

निर्माताले पहिलो भागको तुलनामा यो अझै सफल बनाउन धेरै लगानी गरेका छन् । १०० करोडमा निर्माण भएको फिल्ममा निर्माताले क्लाइमेक्स दृश्यका लागि मात्र २५ करोड खर्च गरेका छन् । फिल्मसँग नजिक व्यक्ति भन्छन् ‘फिल्मको च्याप्टर १ को सफलतापछि जसरी दर्शकको जिज्ञासा बढेको छ ।

फिल्ममा रकीको चरित्र छ । जुन च्याप्टर १ मा अभिनेता यश देखिएका थिए । यो पात्र निकै लोकप्रिय भएको थियो । च्याप्टर २ मा रकी र खलनायक अधेरा (संजय दत्त)को पत्रलाई निकै सशक्त ढंगले निर्माण पक्षले प्रस्तुत गरेको बताइन्छ । फिल्मको अन्तिम २० मिनेट (क्लाइमेक्स) का लागि मात्र २५ करोड खर्च गरिएको छ । हैदरावादमा खिचिएको उक्त दृश्यका लागि ७ दिन लागेको थियो ।

जसमा ५०० जुनियर कलाकार समेत प्रयोग गरिएको थियो । फिल्ममा संजय र यशको अलवा रविना टण्डनको समेत मुख्य भूमिका रहेको फिल्मले ओपनिङ ब्यवसाय संसारभर राम्रो गर्ने अपेक्षा फिल्मकर्मीको छ । ‘केजीएफ च्याप्टर २’ हिन्दी, तेलगू, तमिल र मलायालम भाषामा डब गरिएको छ ।

फिल्म १४ अप्रिलमा रिलिज हुँदैछ ।

यो पनि
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली फिल्मले दर्शकलाई हलसम्म डोर्याउन किन सकेन ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested