English

गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक



बलिउड अभिनेता सलमान खानले एक अन्तर्वार्तामा भनेका छन् ‘हाम्रो हिन्दी फिल्म साउथमा नचल्ने तर साउथ इन्डियन फिल्म निर्बाध रूपमा बलिउडमा किन चल्ने ?’ एउटै देशमा पनि यो कुरा उठेको छ भने हाम्रो त फरक देशमा निर्बाध रूपमा यसरी फिल्म चल्दा नेपाली फिल्म क्षेत्रमा केही असर त पक्कै परेको छ । अहिले दक्षिण भारतीय फिल्म नेपालका लागिमात्र हैन बलिउडलाई पनि टाउको दुखाई बनेको छ । नेपाल अझै चेपुवामा परेको छ । हलिउड, बलिउड र दक्षिण भारतीय फिल्मको सामु नेपाली फिल्म निरिह देखिएको छ । केही अपवाद छाड्ने हो विदेशी फिल्म हेर्न नेपाली दर्शकको ठुलै लाइन लाग्छ । तर नेपाली फिल्म हेर्नको लागि दर्शकहरूको भिड कम हुन थालेको छ । नेपाली फिल्म प्रदर्शन भएको दुईदेखि तीन दिनमै हलबाट उत्रन थालेका छन् ।

लकडाउन पूर्व धेरै नेपाली फिल्मलाई दर्शकले माया पनि गरेका थिए । छक्का पन्जा, प्रेम गीत, ए मेरो हजुर लगायतका फिल्मले दर्शकको मन जितेका थिए । तर, लकडाउनपछि भने विदेशी फिल्म नेपाली फिल्म माथि हाबी भएका छन् ।

यसरी नेपाली फिल्मलाई दर्शकले माया गर्न छोड्नुको धेरै कारणहरू छन् । लकडाउनको बेला दर्शकले घरमा बसेर थुप्रै फिल्म हेर्ने अवसर पाए जसले गर्दा उनीहरू छनोट गरेर राम्रो विषय वस्तु भएको फिल्म मात्र हेर्न अभ्यस्त भए । त्यसैले राम्रो विषय वस्तु भएको फिल्म प्रदर्शन नभएको कारण नै दर्शकको क्रेज घटेको निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी बताउँछन् । ‘लकडाउन पछि जति पनि राम्रा फिल्महरू बनेर प्रदर्शनको तयारीमा छन् उनीहरू सबैले आफ्नो रिलिज डेट सारे ।’

आकाश अधिकारी
अध्यक्ष, निर्माता सङ्घ

विदेशी फिल्मका लागि कुनै नीति नियम बनेको छैन,जसले गर्दा नेपाली फिल्मका दर्शकहरू विदेशी फिल्मति आकर्षित भएका छन् र नेपाली फिल्मको चर्चा पनि कम भएको छ ।

राम्रा नेपाली फिल्मको प्रदर्शन मिति सारेसँगै अङ्ग्रेजी तथा हिन्दी फिल्महरूले भने आफ्नो फिल्मलाई प्रदर्शन गरे । जसले गर्दा यो वर्ष नेपाली फिल्मले दर्शकको उचित माया पाउन नसकेको अधिकारीको तर्क छ ।

अङ्ग्रेजी तथा हिन्दी फिल्महरूले धेरै लगानी गरे । उनीहरूसँग हाम्रो सानो बजेटमा बनेको फिल्मसंग तुलना त गर्न मिल्दैन तर अहिलेको पुस्ताले रुचाउने खालको फिल्म बनाउन सकियो भने पक्कै पनि नेपाली फिल्म क्षेत्र फेरि माथि उठ्ने अधिकारीको ठहर छ ।

चीन, कोरिया लगायतका अन्य देशहरूमा विदेशी फिल्म प्रदर्शनको लागि एउटा छुट्टै नीति नियम बनेको छ । उनीहरू आफ्नो घरेलु फिल्मलाई प्रोत्साहन गर्छन् । तर, हाम्रो नेपाली फिल्मलाई सरकारले सम्बोधन नगरेको अधिकारीको गुनासो छ । ‘विदेशी फिल्मका लागि कुनै नीति नियम बनेको छैन,जसले गर्दा नेपाली फिल्मका दर्शकहरू विदेशी फिल्मति आकर्षित भएका छन् र नेपाली फिल्मको चर्चा पनि कम भएको छ ।’

जति नै राम्रो फिल्म बने पनि देखाउने प्लेटफर्म पाइएन भने त्यो फिल्म मर्छ त्यसैले नीति निर्माणको कुरामा पनि ध्यान दिनुपर्छ । विदेशी फिल्मको ३० सो छ तर नेपाली फिल्मको ५ सो मात्र छ भने त त्यो फिल्म छायाँमा पर्छ ।

दिपेन्द्र के खनाल
निर्देशक

नेपाली फिल्मलाई कसरी माथि उठाउने भन्ने विषयमा कुनै पनि सङ्घ संस्था तथा सरकारको ध्यान गएको छैन । आफ्नो घरेलु फिल्मलाई कसरी राम्रो बनाउने भन्ने कुरामा ध्यान नदिने अनि साउथ इन्डियन, इन्डियन र अङ्ग्रेजी फिल्मले गर्दा हाम्रो फिल्म चलेन भन्नु गलत हुन्छ । तर, विदेशी फिल्मको लागि केही नीति नियम भने बनाउनै पर्ने निर्देशक दिपेन्द्र के खनाल बताउँछन् । ‘यसरी निर्बाध रूपमा विदेशी फिल्म भित्रिनु भनेको त हाम्रो देशको पैसा बाहिर जानु हो ।’

ठुलठुला अङ्ग्रेजी र हिन्दी फिल्म आएकै कारण नेपाली फिल्मको प्रदर्शन मिति सार्नु परेको छ । विदेशी फिल्मका कारण नेपाली फिल्मले सिनेमा घरहरूमा सो नै नपाएको गुनासो खनालको छ ।

अन्य वर्षहरूमा वैशाख १ मा नेपाली नयाँ वर्षको छेको पारेर नेपाली फिल्मको लागि उत्सव जस्तो हुन्थ्यो । नेपाली फिल्म राम्ररी चल्थ्यो र राम्रो व्यापार पनि गर्दथ्यो । तर, यो वर्ष नेपाली फिल्म ‘ए मेरो हजुर ४’ सँगै साउथ इन्डियन ‘केजिफ च्याप्टर २’ पनि लाग्दै छ । जसले गर्दा नेपाली फिल्म ओझेलमा पर्ने अवस्था सिर्जना हुन सक्छ ।

नेपाली फिल्ममा दर्शकको रुचि घट्नुको कारण विदेशी फिल्म मात्र हैन,नेपाली फिल्मको विषय वस्तु कमजोर भएर पनि हो भन्ने कुरामा हाम्रा फिल्म मेकरले ध्यान दिनै पर्छ ।

नेपाली फिल्म उद्योगमात्र हैन विदेशका अन्य फिल्म उद्योग पनि धेरै सङ्ख्यामा फिल्म प्रदर्शन भए पनि राम्ररी चल्ने फिल्म भनेको ८ देखि १० वटा मात्र हुन्छन् । राम्रो फिल्म बनेको खण्डमा जुनसुकै फिल्मले पनि दर्शकको माया पाउनु पर्छ । तर आफ्नो घरेलु फिल्मलाई बढी प्राथमिकता दिनुपर्छ र राम्रो फिल्मले दर्शकको माया पाउनु पर्छ भन्ने खनालको धारणा छ ।

धेरै नेपाली फिल्म प्रदर्शन हुन बाँकी छन् । आशा लाग्दा फिल्महरूले पनि दर्शकको मन जित्न सकेन भने नेपाली फिल्मको क्रेज घट्यो भनेर बुझ्नुपर्ने खनाल बताउँछन् । ‘नेपाली फिल्ममा दर्शकको रुचि घट्नुको कारण विदेशी फिल्म मात्र हैन,नेपाली फिल्मको विषय वस्तु कमजोर भएर पनि हो भन्ने कुरामा हाम्रा फिल्म मेकरले ध्यान दिनै पर्छ ।’

नेपाली फिल्म सीमित स्रोत साधनमा बनाउनु पर्ने हुन्छ त्यसमा पनि फिल्मको विषय वस्तु नेपाली दर्शकले रुचाउने खालको भएन भने नेपाली फिल्मको अस्तित्व जोगाउन गाह्रो हुने खनालको तर्क छ । ‘जति नै राम्रो फिल्म बने पनि देखाउने प्लेटफर्म पाइएन भने त्यो फिल्म मर्छ त्यसैले नीति निर्माणको कुरामा पनि ध्यान दिनुपर्छ । विदेशी फिल्मको ३० सो छ तर नेपाली फिल्मको ५ सो मात्र छ भने त त्यो फिल्म छायाँमा पर्छ ।’

छविराज ओझा
निर्माता

कोरोना महामारीले गर्दा प्राय सिङ्गल थिएटरहरू बन्द भए । बाँकी भएका सिङ्गल थिएटरहरू पनि मल्टीप्लेक्समा परिणत भए जसले गर्दा फिल्महरू महँगो हुन गए ।

अहिले नेपाली फिल्मको दर्शक कम हुनुको कारण भनेको विषयवस्तु कमजोर भएर हो । तर राम्रा विषयवस्तु भएका फिल्महरू पनि हलमा टिक्न नसक्नुको कारण आम नागरिकले फिल्म हेर्न सक्ने माहोल सिर्जना नभएर यस्तो भएको निर्माता छविराज ओझा बताउँछन् । ‘कोरोना महामारीले गर्दा प्राय सिङ्गल थिएटरहरू बन्द भए । बाँकी भएका सिङ्गल थिएटरहरू पनि मल्टीप्लेक्समा परिणत भए जसले गर्दा फिल्महरू महँगो हुन गए ।’

अहिले मल्टीप्लेक्समा एउटा टिकटको मूल्य पाँच सयको हाराहारीमा छ,जसले गर्दा आमनागरिक परिवारको साथमा फिल्म हेर्न जान सक्दैनन्,जसले गर्दा नेपाली फिल्मको आधा दर्शक घटेको ओझाको तर्क छ ।

यो पनि…
नेपाली फिल्मले दर्शकलाई हलसम्म डोर्याउन किन सकेन ?
नेपाली फिल्मको रिलिज क्यालेन्डरमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested