English

ढाका फिल्म महोत्सव’मा दुई नेपाली फिल्मलाई अवार्ड



दुई नेपाली चलचित्रले बंगलादेशको ढाकामा आयोजित ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा अवार्ड जितेका छन् ।

आइतबार सम्पन्न अवार्डको २०औं संस्करणमा चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड र किरण पोखरेल निर्देशित ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको हो ।

आफूले ‘एसियन सिनेमा’ विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड जितेको ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले जानकारी दिए । यस विधाको उत्कृष्ट चलचित्रको अवार्ड भने भारतको तमिल चलचित्र ‘पेब्बल्स’ले हात पारेको छ । ‘पुतलीको सपना’ले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ ।

१७ विधामा प्रदान गरिएको अवार्ड समारोहका लागि ढाका पुगेका सुजित र किरण भने कोरोना संक्रमणका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । अरु दिनका कार्यक्रममा सहभागी हुन पाएको भएपनि अवार्ड समारोहका दिन भने कोरोना पोजेटिभ देखिएका उपस्थित हुन नसकिएको निर्देशक बिडारीले जानकारी दिए ।

यो पनि…
‘पुष्पाः द राइज’को हिन्दी भर्सनमा रहेको आवाजको चर्चा, कसको थियो स्वर ?
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक



...
विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न - Janata Media

[…] विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न भएको छ । होटल याक एन्ड यतिमा […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested