English

ढाका फिल्म महोत्सव’मा दुई नेपाली फिल्मलाई अवार्ड



दुई नेपाली चलचित्रले बंगलादेशको ढाकामा आयोजित ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा अवार्ड जितेका छन् ।

आइतबार सम्पन्न अवार्डको २०औं संस्करणमा चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड र किरण पोखरेल निर्देशित ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको हो ।

आफूले ‘एसियन सिनेमा’ विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड जितेको ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले जानकारी दिए । यस विधाको उत्कृष्ट चलचित्रको अवार्ड भने भारतको तमिल चलचित्र ‘पेब्बल्स’ले हात पारेको छ । ‘पुतलीको सपना’ले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ ।

१७ विधामा प्रदान गरिएको अवार्ड समारोहका लागि ढाका पुगेका सुजित र किरण भने कोरोना संक्रमणका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । अरु दिनका कार्यक्रममा सहभागी हुन पाएको भएपनि अवार्ड समारोहका दिन भने कोरोना पोजेटिभ देखिएका उपस्थित हुन नसकिएको निर्देशक बिडारीले जानकारी दिए ।

यो पनि…
‘पुष्पाः द राइज’को हिन्दी भर्सनमा रहेको आवाजको चर्चा, कसको थियो स्वर ?
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested