English

‘पुष्पाः द राइज’को हिन्दी भर्सनमा रहेको आवाजको चर्चा, कसको थियो स्वर ?



साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनित फिल्म ‘पुष्पाः द राइज’ले बक्स अफिसमा कलेक्सनको काम जारी नै राखेको छ । फिल्मले हिन्दी भर्सनमा उत्तिकै राम्रो प्रतिक्रिया पाइररहेको छ ।

अहिले सबैलाई फिल्मको हिन्दी भर्सनमा कसको स्वर थियो भन्ने चासो छ । यहाँ फिल्मको हिन्दी भर्सनमा कलाकारको डबिङ गर्ने केही कलाकारको नाम प्रस्तुत गरिएको छ ।

अभिनेता श्रेयस तलपडेले अल्लु अर्जुनको भूमिकामा पुष्पाका लागि आफ्नो आवाज दिएका छन् । अभिनेत्री रश्मिका मन्दानाको चरित्र श्रीवल्लीका लागि हिन्दी भर्सनमा स्मिता रोजेमेयरले भ्वाइस ओभर गरेकी छन् ।

अल्लू अर्जुनको साथीको भूमिकामा अभिनय गर्ने तेलुगु फिल्म अभिनेताको हिन्दी भर्सनमा अभिनेता साहिल वैद्यले स्वर दिएका छन् । उनी फिल्म ‘शेरशाह’मा सिद्धार्थ मल्होत्राको साथीको भूमिकामा पनि देखिएका थिए ।

फिल्ममा आईपीएस अधिकारी भैरोंसिंह शेखावतको भूमिकामा अभिनय गर्ने मुख्य भिलेन फहाद फासिलको हिन्दी स्वर अभिनेता राजेश खट्टरले दिएका हुन् ।

त्यस्तै मंगलम श्रीनूको भूमिकामा अभिनय गर्ने अभिनेता सुनीलको भ्वाइस ओभर कलाकार उदय सबनिसले दिएका छन् । फिल्ममा रंगीन जोली रेड्डीको भूमिका निभाउने अभिनेता धनञ्जयको स्वरमा मनोज पाण्डेले डब गरेका छन् ।

कोण्डा रेड्डीको भूमिका निभाउने अभिनेता अजय शाहलाई राजेश जोलीले आफ्नो स्वर दिएका छन् । मंगलम श्रीनुको श्रीमति दक्षायनीको भूमिका निभाउने अभिनेत्री अनुसुइया भारद्वाजको भूमिकाका लागि सबीना मौसमले स्वर दिएकी छन् ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

शाहरुख खान अपहरणकारी !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested