English

‘पुष्पाः द राइज’को हिन्दी भर्सनमा रहेको आवाजको चर्चा, कसको थियो स्वर ?



साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनित फिल्म ‘पुष्पाः द राइज’ले बक्स अफिसमा कलेक्सनको काम जारी नै राखेको छ । फिल्मले हिन्दी भर्सनमा उत्तिकै राम्रो प्रतिक्रिया पाइररहेको छ ।

अहिले सबैलाई फिल्मको हिन्दी भर्सनमा कसको स्वर थियो भन्ने चासो छ । यहाँ फिल्मको हिन्दी भर्सनमा कलाकारको डबिङ गर्ने केही कलाकारको नाम प्रस्तुत गरिएको छ ।

अभिनेता श्रेयस तलपडेले अल्लु अर्जुनको भूमिकामा पुष्पाका लागि आफ्नो आवाज दिएका छन् । अभिनेत्री रश्मिका मन्दानाको चरित्र श्रीवल्लीका लागि हिन्दी भर्सनमा स्मिता रोजेमेयरले भ्वाइस ओभर गरेकी छन् ।

अल्लू अर्जुनको साथीको भूमिकामा अभिनय गर्ने तेलुगु फिल्म अभिनेताको हिन्दी भर्सनमा अभिनेता साहिल वैद्यले स्वर दिएका छन् । उनी फिल्म ‘शेरशाह’मा सिद्धार्थ मल्होत्राको साथीको भूमिकामा पनि देखिएका थिए ।

फिल्ममा आईपीएस अधिकारी भैरोंसिंह शेखावतको भूमिकामा अभिनय गर्ने मुख्य भिलेन फहाद फासिलको हिन्दी स्वर अभिनेता राजेश खट्टरले दिएका हुन् ।

त्यस्तै मंगलम श्रीनूको भूमिकामा अभिनय गर्ने अभिनेता सुनीलको भ्वाइस ओभर कलाकार उदय सबनिसले दिएका छन् । फिल्ममा रंगीन जोली रेड्डीको भूमिका निभाउने अभिनेता धनञ्जयको स्वरमा मनोज पाण्डेले डब गरेका छन् ।

कोण्डा रेड्डीको भूमिका निभाउने अभिनेता अजय शाहलाई राजेश जोलीले आफ्नो स्वर दिएका छन् । मंगलम श्रीनुको श्रीमति दक्षायनीको भूमिका निभाउने अभिनेत्री अनुसुइया भारद्वाजको भूमिकाका लागि सबीना मौसमले स्वर दिएकी छन् ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

शाहरुख खान अपहरणकारी !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested