English

शाहरुख खान अपहरणकारी !



अभिनेता शाहरुख खान आफ्नो फिल्म ‘पठान’ र इधर एटलीको ‘लायन’को सुटिङमा व्यस्त छन् । फिल्म ‘लायन’ मा उनी भिलेनको चरित्रमा देखिँदै छन् । बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौं फिल्म हुनेछ । यो फिल्म लोकप्रिय वेब सिरिज ‘मनी हाइस्ट’ कf प्रोफेसर जस्तो एक ठूलो डकैतीको कथामा आधारित छ ।

‘लायन’ मा शाहरुख दोहोरो चरित्र अर्थात् बाबु–छोराको भूमिकामा देखिनेछन् । फिल्ममा छोरा शाहरुखले एक मेट्रो टेनको अपहरण गर्नेछन् । फिल्मको यो प्रमुख सिक्वेन्सलाई गत वर्षको अक्टोबरमा पुणेमा छायांकन गरिएको थियो । यसको अर्काे सिक्वेन्स चेन्नईमा यो वर्ष खिचिनेछ । यद्यपि, छोरा आर्यनको मुद्दा र भारतमा बढ्दो ओमिक्रोन लहरले सुटिङ पुनः शुरु हुन सकेको छैन ।

दक्षिण भारतीय फिल्म व्यापार विश्लेषक रमेश वालाका अनुसार चार वर्षअघि इधर र शाहरुखको भेट फिल्म ‘मरसल’ रिलिजपछि भएको थियो । शाहरुखलाई यो फिल्ममा थलापति विजयको काम र एटलीको निर्देशन कला मनपरेको थियो । त्यहीकारण शाहरुखले एटलीसँग सहकार्य गर्ने इच्छा देखाएका थिए ।

‘लायन’को सह–निर्मातामा करण जोहर छन् । करण दक्षिण भारतीय फिल्मका निर्माता र नयाँ स्टारप्रति सधैं चासो राख्छन् । रमेशले एटलीलाई कुनै पनि कलाकारलाई दोहोरो अथवा तेहोरो चरित्रमा देखाउन सक्ने क्षमता रहेको दाबी गरे । चेन्नईमा सुटिङ गरिने भनिएको फिल्म कोभिड महामारीको अवस्थालाई मध्यनजर गर्दै हैदराबादको रामोजी स्टुडियोमा गर्ने तयारी भइरहेको छ । किनकि, तेलंगानामा कोभिड प्रतिबन्धको प्रावधान केही नरम छ ।

छुटाउनु भयो कि ?

‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक

बच्चन परिवारमा पुनः कोरोना फैलियो, को-को भए संक्रमित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested