English

बच्चन परिवारमा पुनः कोरोना फैलियो, को-को भए संक्रमित



यतिबेला, भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । यही बलिउडका मेगास्टार अमिताभ बच्चनको परिवार पनि पुन: संक्रमणको चपेटामा परेको छ । उनकाे जलसास्थित घरका एक कर्मचारीको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । सिनियर बच्चनले आफ्नो ब्लगमा लेखेका छन्– ‘उनी हाल घरमा कोभिड परिस्थितिसँग लडिरहेका छन् त्यसैले यो परिस्थिति शान्त बनेपछि फ्यानहरूसँग जोडिनेछु ।’ यो पढेर फ्यानहरू नर्भस भए र उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्न थाले । तर, जलसामा उपस्थित ७९ वर्षीय अमिताभ बच्चन र उनको परिवार भने सकुशल छन् ।

अमिताभका दुवै बङ्गला प्रतीक्षा र जलसाका कर्मचारीको कोभिड परीक्षण गरिएको थियो, जसमा एक जनामा कोरोना सङ्क्रमण देखिएको थियो । बच्चन परिवारले त्यस सदस्यलाई कोभिड केयर सेन्टरमा अलग्गै राखेको छ ।

एक सदस्य कोभिड पोजेटिभ

अमिताभको घरमा कुल ३१ स्टाफ सदस्यहरूको परीक्षण गरिएको थियो । जसमध्ये एउटा पोजेटिभ देखिएको छ । तर, अमिताभ र परिवार सम्पर्कमा आएनन् । नियमित चेकजाँचका क्रममा यो अनुसन्धान गरिएको उनले बताए । मुम्बईमा कोरोनाको बढ्दो केसलाई ध्यानमा राख्दै सेलिब्रेटीहरूले सावधानीका रूपमा आफ्ना स्टाफको कोभिड टेस्ट गराउँदै छन् ।

बच्चन परिवार जलसामा छन्

अमिताभ बच्चन परिवारको नजिकको स्रोतले अमिताभ बच्चन र सम्पूर्ण परिवार सुरक्षित रहेको बताएको छ । सबै जना जलसामा छन् । सबैले पूर्ण सावधानी अपनाइरहेका छन् । मान्छे भेट्ने क्रम पनि निकै कम भएको छ । मे २०२१ मा अमिताभसहित परिवारका बाँकी सदस्यले कोरोनाको खोप लगाई सकेका छन् ।

२०२० मा कोरोनाको कारण अमिताभ बच्चन २२ दिनसम्म अस्पतालमा बसेका थिए

सन् २०२० को जुलाई महिनामा अमिताभ बच्चनलाई कोरोना सङ्क्रमण भएको थियो । यसपछि फिल्म इन्डस्ट्री मात्र नभई देश विदेशमा रहेका उनका फ्यानहरूले पनि उनको लागि प्रार्थना गरेको देखिएको थियो । अमिताभ बच्चन करिब २२ दिन अस्पतालमा भर्ना भएका थिए । तर, कोभिडबाट निका भए लगत्तै उनले ‘कौन बनेगा करोडपति’ र अन्य प्रोजेक्टको सुटिङ सुरु गरे । बिग बी पछि उनका छोरा अभिषेक र बुहारी ऐश्वर्यालाई पनि कोरोना भएको थियो ।

यो पनि…
मौलाउँदै छ,मौलिक पहिरन
रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested