English

बच्चन परिवारमा पुनः कोरोना फैलियो, को-को भए संक्रमित



यतिबेला, भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । यही बलिउडका मेगास्टार अमिताभ बच्चनको परिवार पनि पुन: संक्रमणको चपेटामा परेको छ । उनकाे जलसास्थित घरका एक कर्मचारीको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । सिनियर बच्चनले आफ्नो ब्लगमा लेखेका छन्– ‘उनी हाल घरमा कोभिड परिस्थितिसँग लडिरहेका छन् त्यसैले यो परिस्थिति शान्त बनेपछि फ्यानहरूसँग जोडिनेछु ।’ यो पढेर फ्यानहरू नर्भस भए र उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्न थाले । तर, जलसामा उपस्थित ७९ वर्षीय अमिताभ बच्चन र उनको परिवार भने सकुशल छन् ।

अमिताभका दुवै बङ्गला प्रतीक्षा र जलसाका कर्मचारीको कोभिड परीक्षण गरिएको थियो, जसमा एक जनामा कोरोना सङ्क्रमण देखिएको थियो । बच्चन परिवारले त्यस सदस्यलाई कोभिड केयर सेन्टरमा अलग्गै राखेको छ ।

एक सदस्य कोभिड पोजेटिभ

अमिताभको घरमा कुल ३१ स्टाफ सदस्यहरूको परीक्षण गरिएको थियो । जसमध्ये एउटा पोजेटिभ देखिएको छ । तर, अमिताभ र परिवार सम्पर्कमा आएनन् । नियमित चेकजाँचका क्रममा यो अनुसन्धान गरिएको उनले बताए । मुम्बईमा कोरोनाको बढ्दो केसलाई ध्यानमा राख्दै सेलिब्रेटीहरूले सावधानीका रूपमा आफ्ना स्टाफको कोभिड टेस्ट गराउँदै छन् ।

बच्चन परिवार जलसामा छन्

अमिताभ बच्चन परिवारको नजिकको स्रोतले अमिताभ बच्चन र सम्पूर्ण परिवार सुरक्षित रहेको बताएको छ । सबै जना जलसामा छन् । सबैले पूर्ण सावधानी अपनाइरहेका छन् । मान्छे भेट्ने क्रम पनि निकै कम भएको छ । मे २०२१ मा अमिताभसहित परिवारका बाँकी सदस्यले कोरोनाको खोप लगाई सकेका छन् ।

२०२० मा कोरोनाको कारण अमिताभ बच्चन २२ दिनसम्म अस्पतालमा बसेका थिए

सन् २०२० को जुलाई महिनामा अमिताभ बच्चनलाई कोरोना सङ्क्रमण भएको थियो । यसपछि फिल्म इन्डस्ट्री मात्र नभई देश विदेशमा रहेका उनका फ्यानहरूले पनि उनको लागि प्रार्थना गरेको देखिएको थियो । अमिताभ बच्चन करिब २२ दिन अस्पतालमा भर्ना भएका थिए । तर, कोभिडबाट निका भए लगत्तै उनले ‘कौन बनेगा करोडपति’ र अन्य प्रोजेक्टको सुटिङ सुरु गरे । बिग बी पछि उनका छोरा अभिषेक र बुहारी ऐश्वर्यालाई पनि कोरोना भएको थियो ।

यो पनि…
मौलाउँदै छ,मौलिक पहिरन
रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested