English

‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक



१४ वर्षदेखि लोकप्रियता हासिल गरिरहेकोे ‘फेसियल हाउस’ले आफ्नो १४औं वार्षिकोेत्सव सम्पन्न गरेको छ । फेसियल हाउसले नयाँ डिजाइनका साथ तयार पारिएकोे काठमाडौं मलकोे चौथों तल्लामा अवस्थित आफ्नै कार्यकक्षमा शनिबार भव्यताका साथ बार्षिकोेत्सव सम्पन्न गरे्को होे ।

वार्षिकोेत्सवमा उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, नायिका पूजा शर्मा, निर्देशक शोभित बस्नेत, नायकद्वय दिकपाल कार्की र यशराज गराच पुगेका थिए । उनीहरूले, केक काट्दै फेसियल हाउसलाई शुभकामना दिए । वार्षिकोेत्सवमा नायिका पूजा शर्माले फेसियल हाउसमा बारम्बार आइरहेकाे बताउँदै उनले भनिन्–‘यहाँको सर्भिस उत्कृष्ट भएकाले पनि बारम्बार आउन मन लाग्छ ।’

यस्तै, व्यवसायी भवानी राणाले सुष्मा महराकोे मिहिनेत र ग्राहककोे विश्वास जित्न सकेकाले पनि ‘फेसियल हाउस’ १४ वर्षदेखि अगाडि बढिरहेकोे बताइन् ।

फेसियल हाउसकी सञ्चालिका सुष्मा महराले विगत १४ वर्षदेखि आममानिसकोे विश्वास जित्दै अगाडि बढ्न सहज नभए पनि आफूहरूले चुनौती सामना गर्दै काम गरेको बताइन् । उनका अनुसार, काठमाडौैंभित्र तीनवटा र मोेफसलमा दुईवटा शाखा सञ्चालनमा छन् ।

फेसियल हाउसलाई नयाँ डिजाइनमा ढालेपछि सुष्माले भनिन्–‘जसरी परिवार बढेपछि बाबु–आमाले घर पनि ठूलो बनाउनुहुन्छ, हामीले पनि आफ्नोे क्षेत्रलाई फराकिलोे बनाएका छौैं । अब, फेसियल हाउसमा हामी एकैपटकमा ५५ देखि ६० जना ग्राहकलाई सेवा दिन सक्छौं ।’

बजारमा ब्युटीपार्लरको प्रतिस्पर्धा बढ्दै गए पनि आफूहरूले ग्राहककोे विश्वास जितेकाले खासै फरक नपरेकोे उनको भनाइ छ । नेपालकै नम्बर १ ब्युटीपार्लरकोे अवार्डसमेत जितेकोे योे हाउसबाट पैसा कमाउन भन्दा पनि यसलाई निरन्तरता दिन सकेको खण्डमा आफू सफल हुने उनको भनाइ थियोे ।

काठमाडौं मलमा दुई दर्जनभन्दा बढी ब्युटी पार्लरहरू सञ्चालनमा छन् । तर, बजारमा स्वस्थ प्रतिस्पर्धा हुन आवश्यक रहेको भन्दै महराले पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा सुरु भएको गुनासो गरिन् । कार्यक्रममा फेसियल हाउसमा काम गरिरहेका कर्मचारीहरूलाई विभिन्न विधामा अवार्डसमेत प्रदान गरिएकोे थियो ।



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested