English

२०२२ मा यी बलिउड अभिनेत्रीहरू बन्दैछन् आमा



नयाँ वर्ष सन् २०२२ सुरु भइसकेको छ । वर्षको सुरुवातमा नै बलिउडका फ्यानले सुखद समाचार पाइरहेका छन् । यसमा एउटा प्रमुख सुखद समाचार के छ भने बलिउडका केही अभिनेत्रीहरु यो वर्ष आमा बन्दैछन् । यो सूचीमा टेलिभिजन अभिनेत्री भारती सिंहदेखि दक्षिण भारतीय फिल्म अभिनेत्री काजल अग्रवालसम्म छन् ।

केही दिन अघिमात्र अभिनेत्री काजलका पति गौतम किचलूले सन् २०२२ मा आफूहरू आमाबुवा बन्न लागेको घोषणा गरेका थिए । त्यही कारण अभिनेत्रीले हालका दिनमा फिल्मको कामबाट छुट्टी लिइसकेकी छन् ।

कमेडी स्टार भारती सिंह पनि गर्भवती छिन् । उनले आगामी अप्रिलमा पहिलो सन्तानलाई जन्म दिँदै छिन् ।

टेलिभिजन अभिनेत्री पूजा बनर्जीको पनि आमा बन्ने तयारी छ । हालै मात्र उनले आफ्नो बेबी बम्प सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।

क्रिकेटर हार्दिक पाण्डेकी पत्नी तथा अभिनेत्री नताशा स्तानको विकले पनि क्रिसमसको मौका पारेर आफ्नो बेबी बम्प तस्वीर सार्वजनिक गरेकी थिइन् ।

कन्नड फिल्म अभिनेत्री सञ्जना घलरानी पनि हालका दिनमा गर्भवती छिन् । यो कुराको खुलासा उनले हालै एक मिडियो पोर्टलसँगको कुराकानीमा गरेकी थिइन् ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?
‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक




सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested