English

२०२२ मा यी बलिउड अभिनेत्रीहरू बन्दैछन् आमा



नयाँ वर्ष सन् २०२२ सुरु भइसकेको छ । वर्षको सुरुवातमा नै बलिउडका फ्यानले सुखद समाचार पाइरहेका छन् । यसमा एउटा प्रमुख सुखद समाचार के छ भने बलिउडका केही अभिनेत्रीहरु यो वर्ष आमा बन्दैछन् । यो सूचीमा टेलिभिजन अभिनेत्री भारती सिंहदेखि दक्षिण भारतीय फिल्म अभिनेत्री काजल अग्रवालसम्म छन् ।

केही दिन अघिमात्र अभिनेत्री काजलका पति गौतम किचलूले सन् २०२२ मा आफूहरू आमाबुवा बन्न लागेको घोषणा गरेका थिए । त्यही कारण अभिनेत्रीले हालका दिनमा फिल्मको कामबाट छुट्टी लिइसकेकी छन् ।

कमेडी स्टार भारती सिंह पनि गर्भवती छिन् । उनले आगामी अप्रिलमा पहिलो सन्तानलाई जन्म दिँदै छिन् ।

टेलिभिजन अभिनेत्री पूजा बनर्जीको पनि आमा बन्ने तयारी छ । हालै मात्र उनले आफ्नो बेबी बम्प सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।

क्रिकेटर हार्दिक पाण्डेकी पत्नी तथा अभिनेत्री नताशा स्तानको विकले पनि क्रिसमसको मौका पारेर आफ्नो बेबी बम्प तस्वीर सार्वजनिक गरेकी थिइन् ।

कन्नड फिल्म अभिनेत्री सञ्जना घलरानी पनि हालका दिनमा गर्भवती छिन् । यो कुराको खुलासा उनले हालै एक मिडियो पोर्टलसँगको कुराकानीमा गरेकी थिइन् ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?
‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested