नेपाली सिनेमाको दर्शक हुँदाका ती दिन



शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे नेपाल टेलिभिजनमा नेपाली सिनेमा प्रसारण हुन्थ्यो । सानो हुँदा सिनेमा हेर्ने प्रचुर रहर, आफूलाई मनपर्ने नायक नायिकालाई हेर्ने छटपटी, सिनेमाको कथा अनि भावमा बग्ने इमान्दारिता अनि त्यो कौतुहलता कि सिनेमा बन्छ कसरी ? यी सब कुरा फर्केर हेर्दा लाग्छ, म दर्शक हुँदा कस्तो खुशी थिएँ ।

नायकको जति धेरै लडाई, कुदाई, भगाई अनि नायिकाको उति धेरै बाध्यता र आँसुसंगै देखिएको सुन्दर जिउडाल । सानैदेखि सिनेमाले यहि कुरा देखाउँदै आयो र मलाई खासै गुनासो पनि थिएन । जे होस् गीत, नृत्य, कथाको मिलन, बिछोड आदिले एउटा काल्पनिक संसारमा पसे जस्तो हुन्थ्यो र फिल्म हेर्न हुटहुटी जाग्थ्यो । तर ठूलाबडाले सिनेमा धेरै हेर्न हुन्न भनेर अंकुशी लगाउथे । अभिभावकका कुरा एक कानले सुनेर अर्को कानले उडाउँदै सिनेमा जसरी पनि हेरिन्थ्यो ।

पल्लो घरको अंकल अन्टी नेपाली सिनेमाका नयाँ नयाँ गीतमा मज्जाले नाचेको देख्थे, मलाई पनि खुब नाच्न मन लाग्थ्यो । अनि सानैमा ‘सारंगीको धुनले’ बोलको गीतमा लुकेर नाच्थें । मेरो नाच मन पराएर छिमेकीले खुसी भएर पाँच रुपैयाँ दिन्थे ।

सिनेमाबारे माइकिङ

त्यो समय नेपाली सिनेमाको प्रायः कथा पारिवारिक सेरोफेरोमा घुमेको हुन्थ्यो । कलाकार हेरेर मात्र सिनेमा हेर्ने मध्येमा म पर्दिनथे । त्यो समयमा म बस्ने बुटवलमा दुई तीन वटा हल भएता पनि हलमै गएर सिनेमा हेर्ने माहोल घरमा थिएन । टिभीले जे देखायो, त्यही हेर्ने चलन थियो ।

हरेक हप्ता रिलिज हुने नयाँ सिनेमाबारे रिक्सामा माइकिङ हुन्थ्यो । प्रचारसंगै फिल्म अनि हल कस्तो होला भन्ने कौतुहलता जाग्थ्यो । मलाई अझै याद छ, हामी नेपाली सिनेमाका कलाकारको पोष्टकार्ड किन्थ्यौं । नयाँ बर्षमा साथीभाईहरूलाई यही पोष्टकार्डमा शुभकामना पठाउथ्यौं

‘कागबेनी’ एउटा त्यस्तो नेपाली सिनेमा थियो, जुन म सपनामा पनि देख्थे । अब मेरो चासो नेपाली सिनेमालाई लिएर चुलिदै गयो । हलको माहोल अनुभूति गर्न म विभिन्न हलमा गएर चाहेको सिनेमा हेर्न पुग्थे ।

पल्लो घरको अंकल अन्टी नेपाली सिनेमाका नयाँ नयाँ गीतमा मज्जाले नाचेको देख्थे, मलाई पनि खुब नाच्न मन लाग्थ्यो । अनि सानैमा ‘सारंगीको धुनले’ बोलको गीतमा लुकेर नाच्थें । मेरो नाच मन पराएर छिमेकीले खुसी भएर पाँच रुपैयाँ दिन्थे ।

डिभिडीको समय

हेर्दाहेर्दै डिभिडीको समय आयो । हिन्दी सिनेमा मात्र पाइने त्यो पनि किनेर हेर्न थालिसकेको थिएँ । स्कुलमा ‘कति औली अग्ली भई’ गीतमा नाँच्दै गर्दा आफ्नो युवावस्था आएको पत्तै भएनछ । काठमाडौं पढ्ने क्रममा होस्टेलको माहोलमा धेरै सिनेमा हेरेकी छु । त्यसबेला साथी भाइहरूसंग बसेर सिनेमा हेर्नुको मज्जा बेग्लै थियो । अझ सिनेमा हलमा टिकट काटेर आफूले चाहेको बेला आफूले चाहेको सिनेमा हेर्न अझ आनन्द आउने रहेछ ।

सिनेमामा धेरै ठूलो उर्जा छ भन्ने कुरा बुझ्दै जानु र सो उर्जा सहि रूपमा प्रयोग भैरहेको छैन भन्ने अनुभूति संगसंगै पालेर हिँडेको सिनेमा दर्शक थिएँ म । समयसंगै हाम्रो इच्छाको दायरा फराकिलो भएजस्तै सिनेमा पनि बदलिदै गयो, म पनि बदलिदै गएँ ।

सायद विभिन्न भाषाको सिनेमा हेर्ने क्रम बढ्दो थियो वा स्वतन्त्र भएर सिनेमा हेर्न पाउँदा सिनेमाका विभिन्न पक्षहरूमा ध्यान दिन सक्ने भएछु । नयाँ धारका सिनेमा आउने समय पनि थियो र त्यो नयाँपनमा आफूलाई पाए जस्तो पनि लाग्न थाल्यो । यतिसम्म कि धेरै दिनसम्म कुनै सिनेमाको दृष्यको ह्याङ रहन्थ्यो । ‘कागबेनी’ एउटा त्यस्तो नेपाली सिनेमा थियो, जुन म सपनामा पनि देख्थे । अब मेरो चासो नेपाली सिनेमालाई लिएर चुलिदै गयो । हलको माहोल अनुभूति गर्न म विभिन्न हलमा गएर चाहेको सिनेमा हेर्न पुग्थे । यसरी म नेपाली सिनेमाको राम्रो दर्शक बनें ।

सिनेमाको नजिक

मैले हेर्दै गरेका नेपाली फिल्ममा बारम्बार उही कथा, उस्तै पाराको अभिनय यति दोहरिन थाल्यो कि मलाई धेरै पक्ष चित्त बुझेन । मैले आफैले आफैलाई प्रश्न गर्थे, किन हाम्रो सिनेमा विदेशी सिनेमा जस्तो हुन्न ? किन हाम्रो अभिनय फितलो देखिन्छ ? किन सानोमा सिनेमा हेरेको जस्तो मजा आउँदैन मलाई ? सिनेमामा कसरी काम हुन्छ ? यस्ता विविध प्रश्नहरू खेल्दै गर्दा म थाहै नपाई सिनेमाको निकै निकट पुगेको रहेछु ।

‘सानो संसार’ जस्तो त्यो समयमा नौलो सिनेमा बनाएका थिए आलोक नेम्बाङ्गले । यति कुरा मलाई राम्रोसंग थाहा थियो । तर कोही मान्छेले एक बर्षपछि पनि सम्झेर कसरी फोन गर्न सक्छ, त्यो पनि भेट्दै नभेटी । त्यो मेरो लागि अचम्म मान्नु पर्ने क्षण थियो । त्यो फोन मेरो लागि जीवनको अकल्पनीय घटना जस्तो थियो ।

सिनेमामा धेरै ठूलो उर्जा छ भन्ने कुरा बुझ्दै जानु र सो उर्जा सहि रूपमा प्रयोग भैरहेको छैन भन्ने अनुभूति संगसंगै पालेर हिँडेको सिनेमा दर्शक थिएँ म । समयसंगै हाम्रो इच्छाको दायरा फराकिलो भएजस्तै सिनेमा पनि बदलिदै गयो, म पनि बदलिदै गएँ । मेरो भावना पस्किएर दिन नसकेको अनुभूतिपछि नेपाली सिनेमा हेर्ने हुटहुटी ममा अब त्यति धेरै थिएन । त्यसैले कहिले हिन्दी त कहिले अंग्रेजी सिनेमाको टिकट काट्ने जमातमा म पनि पर्थें ।

सिनेमाका लागि फोनको घन्टी

टिभीको फ्यान भएर हो कि टिभीमा काम गर्ने इच्छा पहिल्यैदेखि थियो । त्यसैले, इञ्जिनियरिङको विद्यार्थी संगसंगै एउटा भिजे प्रतियोगितामा सहभागी भएँ । काम गर्ने अवसर पनि प्राप्त भयो । तर, पढाई भएकोले विद्यार्थीको रूपमा फेरी आफ्नो किताबकै चाङमा अल्झिएँ ।

आफ्नो परीक्षाको तयारीमा रहेको एक साँझ एक अपरिचित नम्बरबाट फोन आयो, ‘तपाईंलाई सिनेमामा काम गर्ने मन छ ?’ त्यो सोधाईले मा अक्कबक्क भएँ । म त सिनेमा हेर्ने मान्छे पो त । कसरी यस्तो फोन आयो ? भन्ने गमें । तर मेरो भिजे प्रतियोगिताको भिडियो हेरेर फोन गरिएको रहेछ । आफ्नो जाँच नसकिएको, जाँचपछि सोच्न सकिन्छ भन्ने उत्तर दिएर फोन राखें । यो मेरो लागि सिनेमाकै दृष्य जस्तो भयो । फोनवार्ताको धेरैबेरसम्म पनि म झसंग भएँ ।

सिनेमा खेल्ने प्रस्तावको त्यो दिनदेखि हरेक नेपाली सिनेमा हेर्दा म आफूलाई कलाकारको ठाउँमा राखेर हेर्न थालें । जाँच सकिएको अन्तिम दिन सोही नम्बरबाट फोन आयो, ‘तपाई तयार हुनुहुन्छ अब सिनेमा गर्न ?’ त्यो फोन स्वर्गीय आलोक नेम्बाङ्गको थियो ।

आलोक नेम्बाङ्ग एउटा यस्तो निर्देशक, जसले म्यूजिक भिडियोमा नयाँ शैली भित्र्याएका थिए । ‘सानो संसार’ जस्तो त्यो समयमा नौलो सिनेमा बनाएका थिए । यति कुरा मलाई राम्रोसंग थाहा थियो । तर कोही मान्छेले एक बर्षपछि पनि सम्झेर कसरी फोन गर्न सक्छ, त्यो पनि भेट्दै नभेटी । त्यो मेरो लागि अचम्म मान्नु पर्ने क्षण थियो । त्यो फोन मेरो लागि जीवनको अकल्पनीय घटना जस्तो थियो । जे होस्, अब सिनेमाको संसारभित्रै पसेर पो हेर्ने कि भन्ने लाग्न थाल्यो ।

म सिनेमाका लागि खासै तयार त थिइनँ । तर पाएको सुवर्ण मौका, आफैले आफैसंग अब किचकिच गर्न चाहन्नथें । त्यहाँबाट सुरु भयो नयाँ अध्याय । सिनेमालाई अझै निकटबाट हेर्ने, सिनेमाकै पात्र हुने अध्याय ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदयपुरकी सिता (नाम परिर्वतन) लाई चिनेजानेकाले सामुहिक बलात्कार गरे । ४ छोराछोरीकी आमा समेत रहेकी सिता असार १५ को राति

एमालेको १०औं महाधिवेशन उद्घाटनका लागि चितवनको नारायणी नदी किनारमा मञ्च तयार छ । देशभरबाट नेता कार्यकर्ता चितवनमा उर्लिएका छन् । स्वास्थ्य

चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ । विसं

चितवनमा शुक्रबारबाट नेकपा एमालेको १०औँ महाधिवेशन हुँदैछ । मुलुकका विभिन्न स्थानबाट आएका नेता कार्यकर्ताहरूले चितवनका होटल भरिभराउ भएका बेला जनकपुर,