English

यस्तो बन्नेछ ‘पुष्पा’को सिक्वेल



अल्लु अर्जुन र रश्मिका मन्दाको सुपरहिट फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि निर्माताहरू यसको सिक्वेलको तयारीमा जुटेका छन् ।

फिल्मका निर्माताहरू स्क्रिप्टमा केही परिवर्तन गर्ने कोशिस गरिरहेका छन् । उनीहरूले उत्तर भारतीय दर्शकमा आफ्नो प्रभाव बढी पार्नका लागि निर्माताले स्क्रिप्ट परिवर्तनको प्रयास गरेका हुन् ।

समाचारअनुसार निर्देशक सुकुमार पहिला ‘पुष्पा’लाई दुई भागमा बनाउने योजनामा थिए । तर, पछि ‘पुष्पाः द राइज’ र ‘पुष्पाः द रुल’को रूपमा प्रस्तुत गर्न स्क्रिप्टमा कैयौं परिवर्तन गरे ।

अहिले उनले ‘पुष्पाः द रुल’का लागि स्क्रिप्टमा केही परिवर्तन गरिरहेका छन् । दर्शकमाझ आफ्नो प्रभाव छोड्नका लागि सिक्वेलको कथामा केही ट्विस्ट ल्याउँदैछन् ।

अल्लु, सुकुमार र उनको टिमले ‘पुष्पा २’ को सुटिङ सुरु गर्नका लागि तयारी थालेका छन् । फिल्मको दोस्रो भागमा अल्लुलाई एक झगडालु व्यक्तिको रूपमा प्रस्तुत गरिनेछ ।

यो पनि
‘बच्चन पाण्डे’का लागि मुम्बईमा ट्रक चलाउँदै अक्षय कुमार
‘पुष्पाः द राइज’को हिन्दी भर्सनमा रहेको आवाजको चर्चा, कसको थियो स्वर ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested