English

हलहरुले ‘ए मेरो हजुर ४’को शो हटाएपछि अशोक शर्माको चेतावनी



नेपालका मल्टीप्लेक्सहरुले विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्ने प्रवृति नौलो विषय होइन । विदेशी फिल्मलाई भएभरको शो थमाएर नेपाली फिल्मलाई शो दिन मुठ्ठी बाँध्ने परम्परा यसपटक पनि दोहोरियो । बैशाख १ गतेबाट प्रदर्शनमा आएका नेपाली फिल्म ‘ए मेरो हजुर ४’ र साउथ फिल्म ‘केजीएफ २’लाई बाँडिएको शो हेर्दा नेपालका हल धनीहरुको नियत स्पष्ट हुन्छ ।

‘केजीएफ २’को दबदबाबीच ‘ए मेरो हजुर ४’ले बक्सअफिसमा सुखद् कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन फिल्मले सिंगल र मल्टीप्लेक्स दुवैतर्फ हाउसफुल व्यापार गर्‍यो । तर, फिल्मले दर्शकको राम्रो साथ पाइरहँदा पनि मल्टीप्लेक्सहरुले शो बढाउन आवश्यक ठानेका छैनन् । बरु, काठमाडौं र मोफसलका केही हलहरुले फिल्मको शो घटाएर ‘केजीएफ २’लाई थुपारेका छन् ।

हलहरुले हाउसफुलका साथ चलिरहेको ‘ए मेरो हजुर ४’को शो घटाएपछि नेपाल चलचित्र संघका महासचिव तथा फिल्म निर्माता अशोक शर्माले हल सञ्चालकहरुलाई अब आउन सक्ने आँधीबेहरीको सामना गर्नका लागि तयार हुन चेतावनी दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै फिल्म हाउसफुल हुँदा हुँदै शुक्रबार केही हलहरुले शो हटाउनुको कारणबारे पनि जवाफ मागेका छन् ।

‘ए मेरो हजुर ४’भन्दा ‘केजीएफ २’बाट हल सञ्चालकहरुले बोरामा पैसा भरिरहेकोमा दुईमत छैन । शो बढी दिएपछि व्यापार बढी हुने नै भयो । तर, हाउसफुलका साथ चलिरहेको ‘ए मेरो हजुर ४’को शो हटाउनु हल सञ्चालकहरुको बदनियत देखिन्छ । विदेशी फिल्मलाई काखी च्याप्न नेपाली फिल्मप्रति हलवालाले गरेको यसप्रकारको विभेद फिल्म क्षेत्रका लागि क्यान्सरभन्दा ठूलो रोग हो ।

बिहीवार बैशाख १ गते प्रदर्शन मा आएको चलचित्र ए मेरो हजुर ४ देसैभर हाउस फुल हुँदा हुदै शुक्रबार काठमाडौंका केहि र काठमाडौं बाहिरका केहि हलहरुले शो हटाउनु पर्ने कारण के हो जवाफ छ ति हलहरु सङ…? यसरि नै चल्ने हो भने अब आउन सक्ने आधी बेरिको सामना गर्न तयार रहनु होला ।

यो पनि…
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली सिनेमाको दर्शक हुँदाका ती दिन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य