English

हलहरुले ‘ए मेरो हजुर ४’को शो हटाएपछि अशोक शर्माको चेतावनी



नेपालका मल्टीप्लेक्सहरुले विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्ने प्रवृति नौलो विषय होइन । विदेशी फिल्मलाई भएभरको शो थमाएर नेपाली फिल्मलाई शो दिन मुठ्ठी बाँध्ने परम्परा यसपटक पनि दोहोरियो । बैशाख १ गतेबाट प्रदर्शनमा आएका नेपाली फिल्म ‘ए मेरो हजुर ४’ र साउथ फिल्म ‘केजीएफ २’लाई बाँडिएको शो हेर्दा नेपालका हल धनीहरुको नियत स्पष्ट हुन्छ ।

‘केजीएफ २’को दबदबाबीच ‘ए मेरो हजुर ४’ले बक्सअफिसमा सुखद् कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन फिल्मले सिंगल र मल्टीप्लेक्स दुवैतर्फ हाउसफुल व्यापार गर्‍यो । तर, फिल्मले दर्शकको राम्रो साथ पाइरहँदा पनि मल्टीप्लेक्सहरुले शो बढाउन आवश्यक ठानेका छैनन् । बरु, काठमाडौं र मोफसलका केही हलहरुले फिल्मको शो घटाएर ‘केजीएफ २’लाई थुपारेका छन् ।

हलहरुले हाउसफुलका साथ चलिरहेको ‘ए मेरो हजुर ४’को शो घटाएपछि नेपाल चलचित्र संघका महासचिव तथा फिल्म निर्माता अशोक शर्माले हल सञ्चालकहरुलाई अब आउन सक्ने आँधीबेहरीको सामना गर्नका लागि तयार हुन चेतावनी दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै फिल्म हाउसफुल हुँदा हुँदै शुक्रबार केही हलहरुले शो हटाउनुको कारणबारे पनि जवाफ मागेका छन् ।

‘ए मेरो हजुर ४’भन्दा ‘केजीएफ २’बाट हल सञ्चालकहरुले बोरामा पैसा भरिरहेकोमा दुईमत छैन । शो बढी दिएपछि व्यापार बढी हुने नै भयो । तर, हाउसफुलका साथ चलिरहेको ‘ए मेरो हजुर ४’को शो हटाउनु हल सञ्चालकहरुको बदनियत देखिन्छ । विदेशी फिल्मलाई काखी च्याप्न नेपाली फिल्मप्रति हलवालाले गरेको यसप्रकारको विभेद फिल्म क्षेत्रका लागि क्यान्सरभन्दा ठूलो रोग हो ।

बिहीवार बैशाख १ गते प्रदर्शन मा आएको चलचित्र ए मेरो हजुर ४ देसैभर हाउस फुल हुँदा हुदै शुक्रबार काठमाडौंका केहि र काठमाडौं बाहिरका केहि हलहरुले शो हटाउनु पर्ने कारण के हो जवाफ छ ति हलहरु सङ…? यसरि नै चल्ने हो भने अब आउन सक्ने आधी बेरिको सामना गर्न तयार रहनु होला ।

यो पनि…
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली सिनेमाको दर्शक हुँदाका ती दिन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested