English

आफ्नै कीर्तिमान तोडेर गिनिजबुकमा नाम



आफ्नो नाम विश्व कीर्तिमानमा समावेश होस् भन्ने सबैको चाहना हुन्छ । एक किसानले टमाटरको बिरुवाबाट आफ्नो नाम गिनिज वल्र्ड रेकर्डमा दर्ता गराएका छन् । वास्तवमा यी किसानले एउटै बोटमा सबैभन्दा धेरै टमाटर उब्जाएर विश्व कीर्तिमान बनाएका हुन ।

एउटा बोटमा १२६९ टमाटर

यी किसानले एउटा बिरुवामा १२ सय ६९ टमाटर उब्जाएका छन् । जसका कारण किसान र बिरुवाको नाम गिनिज वल्र्ड रेकर्डमा समेत लेखिएको छ । गिनिज वल्र्ड रेकर्ड वेबसाइटको समाचारअनुसार बेलायतको हर्टफोर्ड सायरका किसान डगलस स्मिथले यो अनौठो उपलब्धिमार्फत विश्व कीर्तिमान आफ्नो नाममा बनाएका छन् ।

डगलस स्मिथले टमाटरको एउटा बोटबाट सबैभन्दा धेरै टमाटर उब्जाउने रेकर्ड तोडेका छन । यसअघि, गत वर्षसम्म यो रेकर्ड ४ सय ८८ टमाटरको थियो । यसपछि डगलसले यो कीर्तिमान तोड्ने सोचे र अहिले यो उपलब्धि हासिल गरेका छन् ।

उनले गत वर्ष मात्रै ४ सय ८८ टमाटरको कीर्तिमान तोडेका थिए भने एउटै बोटबाट ८३९ टमाटर पनि फलाएका थिए । तर, अब उनले यो कीर्तिमान पनि तोड्दै एउटै बोटबाट १२ सय ६९ टमाटर उब्जाएर विश्वलाई चकित पारेका छन ।

स्मिथले टमाटर रेकर्ड बनाउन धेरै वैज्ञानिक कागजहरू पढे । यसबाहेक माटोको नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाउनेसमेत गर्थे ।

धेरै मिहिनेतपछि जब उनको नाम गिनिज वल्र्ड रेकर्डमा लेखियो तब उनको खुसीको सीमा रहेन ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,