English

घाँटीको कालो दागबाट छुटकारा पाउन टमाटर उपयुक्त



घाँटीमा हुने फोहोर निकै नराम्रो देखिन्छ । जसका कारण घाँटीको भाग कालो देखिन थाल्छ । घाँटीमा आउने पसिना राम्रोसँग सफा नगर्दा तहको रूपमा जम्मा हुन्छ । जुन एकदमै नराम्रो र कालो देखिन्छ । यस्तो अवस्थामा टमाटरको मद्दतले सफा गर्न सकिन्छ । जानौँ टमाटरले घाँटी सफा गर्ने तरिका ।

टमाटर र बेकिङ सोडाको प्याक

कालो घाँटीलाई चम्किलो बनाउनु छ भने बेकिंग सोडामा ताजा टमाटरको रस निकाल्नुहोस् र अलिकति पानी हालेर यसलाई तयार गर्नृुहोस् ।

यसमा एक चम्चा बेकिङ सोडामा दुई–तीन चम्चा टमाटरको रस मिसाई यो टमाटरको पेस्ट घाँटीमा लगाउनुहोस् ।

हप्तामा दुईदेखि तीनपटक सम्म निरन्तर यसलाई लगाउनुहोस् । लगाएको १० मिनेटपछि सफा पानीले धुने गर्नुहोस् । यसो गर्दा तपाईंको घाँटीको कालो दाग हटेर जान्छ ।

टमाटर र बेसारको प्याक

टमाटरको रसमा एक चिम्टी बेसार मिसाएर लगाउँदा घाँटीको कालो भाग सफा हुन्छ ।

यसका लागि टमाटर र बेसारको पेस्टलाई घाँटीमा लगाई मालिस गर्नुहोस् । लगाएको १० मिनेटसम्म यत्तिकै छाड्नुहोस । यो सुकेपछि पानीले सफा गर्नुहोस् । केही दिनको लगातार प्रयोगपछि तपाईंको घाँटीमा चमक आउनेछ ।

यो पनि…
कपाल छिटो बढाउने यस्ता छन् उपाय
दाग र चाउरीपन हटाउन पिठोको फेस प्याक



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested