English

अनुहारलाई चम्किलो बनाउन चाहनुहुन्छ ? घरमै यसो गर्नुस्



महिला होस् या पुरुष । अनुहारमा सुन्दरता भर्न चाहन्छन् । जसका लागि केमिकलयुक्त सौन्दर्य सामग्रीमा धेरैजसो मानिसहरु भर पर्छन् । यद्यपि, हाम्रै घर वरपर सहजै पाइने बिरुवा र वनस्पतीले अनुहारमा सुन्दरता थप्न मद्धत गर्छ । त्यसैले यहाँ सुन्दरता बढाउने तीन घरेलु बिरुवाका बारेमा चर्चा गरिएको छ ।

घ्युकुमारी

परापूर्वकालदेखि घरेलु उपचारका रुपमा प्रयोग गरिँदै आएको घ्युकुमारीले अनुहारको सुन्दरता बढाउन निकै मद्धत गर्छ । यसमा औषधिय गुण हुने भएकाले कस्मेटिक र औषधि उत्पादनमा प्रयोग गरिन्छ । यस विरुवाबाट निकालिएको जेल एन्टिअक्सिडेन्ट गुणले भरिपुर्ण हुन्छ । जसले छालालाई शान्त र पोषण गर्न पनि मद्धत गर्छ । अर्को कुरा यसमा ७५ भन्दा बढी पोषक तत्वहरु पाइन्छ, जसमध्ये २० प्रकारका खनिज, १८ एमिनो एसिड र १२ भिटामिन छन् । घ्युकुमारीलाई कागतीको रस मिसाएर छालाको दागमा लगाउँदा नयाँ चमक ल्याउनेछ ।

गुलाब

गुलाबले पनि सुन्दरता बढाउन निकै मद्धत गर्छ । लोसन देखि टोनर बनाउनसम्म यसको प्रयोग गरिन्छ । यसले छालाको टोनलाई समान बनाउँछ र घाउलाई निको गर्न पनि सघाउँछ ।

पुदिना

पुदिनाको सुगन्धित पातहरुमा सेलिसिलिक एसिड हुन्छ । जुन छालाको छुन्द्रहरु सफा गर्न धेरै महत्वपुर्ण हुन्छ । पुदिनामा प्रशस्त मात्रमा भिटामिन ‘ए’ पाइने हुनाले छालाको तेल उत्पादनलाई नियन्त्रण गर्न सक्छ । छालाको तन्तु बलियो बनाउँछ । पुदिनाको पातले छाला चिलाउने समस्यालाई पनि काम गर्छ । १० देखि १२ पुदिनाका पातलाई पिसेर त्यसमा एक चम्चा गुलाबजल र थोरै मह मिसाएर पिसेको पेस्टलाई अनुहारमा लगाउँदा मुहार चम्किलो हुन्छ ।

यो पनि…
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर
कपालमा कलर गर्दा नभुल्नुहोस् यी चार कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको