English

अनुहारलाई चम्किलो बनाउन चाहनुहुन्छ ? घरमै यसो गर्नुस्



महिला होस् या पुरुष । अनुहारमा सुन्दरता भर्न चाहन्छन् । जसका लागि केमिकलयुक्त सौन्दर्य सामग्रीमा धेरैजसो मानिसहरु भर पर्छन् । यद्यपि, हाम्रै घर वरपर सहजै पाइने बिरुवा र वनस्पतीले अनुहारमा सुन्दरता थप्न मद्धत गर्छ । त्यसैले यहाँ सुन्दरता बढाउने तीन घरेलु बिरुवाका बारेमा चर्चा गरिएको छ ।

घ्युकुमारी

परापूर्वकालदेखि घरेलु उपचारका रुपमा प्रयोग गरिँदै आएको घ्युकुमारीले अनुहारको सुन्दरता बढाउन निकै मद्धत गर्छ । यसमा औषधिय गुण हुने भएकाले कस्मेटिक र औषधि उत्पादनमा प्रयोग गरिन्छ । यस विरुवाबाट निकालिएको जेल एन्टिअक्सिडेन्ट गुणले भरिपुर्ण हुन्छ । जसले छालालाई शान्त र पोषण गर्न पनि मद्धत गर्छ । अर्को कुरा यसमा ७५ भन्दा बढी पोषक तत्वहरु पाइन्छ, जसमध्ये २० प्रकारका खनिज, १८ एमिनो एसिड र १२ भिटामिन छन् । घ्युकुमारीलाई कागतीको रस मिसाएर छालाको दागमा लगाउँदा नयाँ चमक ल्याउनेछ ।

गुलाब

गुलाबले पनि सुन्दरता बढाउन निकै मद्धत गर्छ । लोसन देखि टोनर बनाउनसम्म यसको प्रयोग गरिन्छ । यसले छालाको टोनलाई समान बनाउँछ र घाउलाई निको गर्न पनि सघाउँछ ।

पुदिना

पुदिनाको सुगन्धित पातहरुमा सेलिसिलिक एसिड हुन्छ । जुन छालाको छुन्द्रहरु सफा गर्न धेरै महत्वपुर्ण हुन्छ । पुदिनामा प्रशस्त मात्रमा भिटामिन ‘ए’ पाइने हुनाले छालाको तेल उत्पादनलाई नियन्त्रण गर्न सक्छ । छालाको तन्तु बलियो बनाउँछ । पुदिनाको पातले छाला चिलाउने समस्यालाई पनि काम गर्छ । १० देखि १२ पुदिनाका पातलाई पिसेर त्यसमा एक चम्चा गुलाबजल र थोरै मह मिसाएर पिसेको पेस्टलाई अनुहारमा लगाउँदा मुहार चम्किलो हुन्छ ।

यो पनि…
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर
कपालमा कलर गर्दा नभुल्नुहोस् यी चार कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested