English

सुन्दरतालाई यसरी जोगाई राख्नुस्



कोरोनाको दोस्रो लहरको निषेधाज्ञा अहिले जारी छ । केही खुकुलो गरिएपनि पूर्ण रुपमा सबै कुरा सञ्चालनमा आउन सकेका छैनन् । जसकारण पार्लर, शैलुन बन्द छन् । यस अवस्था घरमै बस्दा कसरी आफ्नो सुन्दरतालाई जोगाउने भन्ने प्रश्न अधिकांशको मनमा उब्जिएको छ । कोरोनाबाट जोगिँदै घरमै कसरी आफू सुन्दर देखिन सकिन्छ त ? यसै विषयमा ब्युटिसियन मेनुका चामलिङले यस्तो सुझाव दिएकी छन् ।

–घरमै बस्दा दैनिक प्रयोग गर्ने फेसवास, क्रिम र लोसन नियमित लगाउनुहोस् ।

–क्लिनजिङ नभएमा होममेड क्लिनजिङ प्रयोग गर्न सकिन्छ । जस्तैः टमाटरले फेसवासको रुपमा साँझ बिहान अनुहार धुनुहोस् । यसले फेसवास र क्लिनजिङ दुबैको काम गर्छ र अनुहार चम्किलो बनाउँछ ।

–कपालमा आफूले प्रयोग गर्ने तेल वा घरमा भएको तेलमा भिटामिन प्रयोग गरी तेलले मसाज गर्ने ।

–कपाल झार्ने वा टुक्रिने समस्या भए घ्युकुमारी र नरिवट तेलको मिश्रण बनाएर कपाल धुनु २५ देखि ३० मिनेट अगावै कपाल मसाज गर्नुहोस् ।

–आँखी भौँमा आएका रौँहरु आफैँले चिम्टिले निकाल्नुहोस् ।

–हात र खुट्टाको नङ काट्ने र मन तातो पानी अथवा गर्मी महिनामा चिसो पानीमा नुन र स्याम्पु मिक्स गरेर हात र खुट्टा १५ देखि २० मिनेट भिजाएर, ब्रसले नेलहरु सफा गर्नुहोस् ।

– हात र खुट्टाका नङ सफा गरी सकेपछि मोस्चराईजर लगाउनुहोस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested