English

आमा–बाबुसँग अनुहार मिल्ने बलिउडका यी स्टार किड्स



बलिउड जोडी अजय देवगन-काजोलका जेठी छोरी नायस हालका दिनमा आफ्नो ग्ल्यामरस तस्बिरका कारण चर्चामा छिन् । नायसाले हालै कालो पहिरन लगाएकी थिइन्, जुन तस्बिर निकै भाइरल बनेको थियो । तस्बिरमा उनलाई आमा काजोलजस्तै देखिएको छ ।

त्यसो त नायसाअघि कैयौं स्टार किड्स परिवारका जस्तै देखिएका छन् । अभिनेता सैफ अलि खान र अमृता सिंहका छोरा इब्राहिम हुबहु पिता जस्तै देखिन्छन् । हालैमात्र इब्राहिमले एक फोटोसुट गराएका थिए, जुन तस्बिरमा उनी युवा सैफजस्तै देखिएका छन् ।

अमृता र सैफकी जेठी छोरी सारा अलि खान आमाजस्तै देखिन्छिन् । साराको तस्बिरको तुलना प्रायः अमृताको पुरानो तस्बिरसँग गरिन्छ ।

अभिनेता शाहरुख खान र पत्नी गौरीका छोरा आर्यन खान पूर्ण रूपमा पिता शाहरुखजस्तै देखिन्छन् । उनको सामाजिक सञ्जालमा अधिक फ्यान फलोइङ छ । आर्यनले फिल्म ‘कभी खुसी कभी गम’मा शाहरुखको बाल्यकालको भूमिकामा अभिनय गरिसकेका छन् ।

शर्मिला टैगोर र नवाब पटौदीकी छोरी सोहा अलि खानको अनुहार उनको आमा शर्मिलासँग मिल्छ ।

अभिनेत्री शिल्पा शेठ्ठीका छोरा वियान नौ वर्षका भए । यद्यपि उनको अनुहार आमा शिल्पासँग मिल्दोजुल्दो छ ।

‘हिरोपन्ती’बाट बलिउडमा डेब्यू गरेका अभिनेता टाइगर श्राफ भलै पिता ज्याकी श्राफजस्ता देखिँदैनन्, तर उनको लुक्स युवा ज्याकीसँग मिल्छ । कैयौं तस्बिरमा दुवै फोटोकपी जस्ता देखिन्छन् ।

अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी छोरी इशा देओल आमा हेमाजस्तै देखिन्छिन् । फिल्ममा पाइला चाल्दा इशालाई उनको आमासँग तुलना गरिएको थियो, यद्यपि उनको करियर आमाको जस्तो सफल हुन सकेन ।

अभिनेता रणवीर कपुर क्लिन शेवमा पिता ऋषि कपुरको कार्बन कपी देखिन्छन् । लोकप्रिय लेखक जावेद अख्तरका छोरा फरहानको लुक्स बाबुसँग मिल्छ । युवा जावेदको तस्बिरसँग तुलना गर्ने हो भने फरहान पिताजस्तै देखिन्छन् ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

शाहरुख खान अपहरणकारी !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested