English

बच्चनलाई इशाले ‘भाइ’ नजरले हेरेपछि…



बलिउड अभिनेत्री हेमा मालिनीले फिल्म उद्योगमा निकै लामो समय राज गरिन् । उनको सुन्दरताकै कारण जोकोही उनलाई ‘ड्रिम गर्ल’ मान्दछन् । धर्मेन्द्रसँग विवाह गरेकी हेमाका दुई छोरीमध्ये इशा देवल कुनै समय बलिउडमा सक्रिय थिइन् ।

हेमा इशाले आफूले रोजेको केटासँग विवाह गरुन् भन्ने चाहन्थिन् । उनी अमिताभ बच्चनका छोरा अभिषेकलाई ज्वाइँ बनाउन चाहन्थिन् । हेमा र अमिताभले कैयौं फिल्ममा सहकार्य गरेका छन् । अमिताभ हेमाका राम्रो साथी पनि हुन् । त्यहीकारण हेमा आफ्नो साथीत्वलाई पारिवारिक सम्बन्धमा रूपान्तरण गर्न चाहिन्थइन् । हेमा अभिषेकलाई नजिकबाट चिन्थिन् । किनकि अभिषेक संस्कारी र सबैलाई सम्मान गर्ने स्वभावका थिए । जुन कुराबाट हेमा प्रभावित थिइन् ।

तर, हेमाले सोचे जस्तो भइदिएन । इशा अभिषेकसँग विवाह गर्ने मामिलामा सहमत थिइनन्, त्यहीकारण पनि उनले विवाहलाई अस्वीकार गरिन् । किनकि इशा अभिषेकलाई एक भाइको रूपमा हेर्थिन् । यहीकारण उनले अभिषेकसँग विवाहको कुरा अस्वीकार गरिन् ।

इशाले बाल्यकालका साथीसँग विवाह गरिन् । उनका पति व्यापारी हुन् । यता अभिषेकले पूर्व मिस वर्ल्ड तथा अभिनेत्री ऐश्वर्या रायसँग विवाह गरे ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested