English

आयुषले छाडे सलमानको फिल्म



बलिउडमा केही समयअघि मात्र अभिनेता आयुष शर्माले सलमान खानको फिल्म ‘कभी इद कभी दिवाली’मा अभिनय गर्ने चर्चा चलेको थियो । फिल्ममा उनले सलमानको कान्छो भाइको भूमिका निर्वाह गर्ने खबर बाहिर आएको थियो ।

तर पछिल्लो घटनाक्रमअनुसार आयुष यो फिल्ममा रहने छैनन् । उनले फिल्ममा अभिनयबाट हात झिकेका छन् । आयुषले करियरको यो मोडमा आफू प्रमुख भूमिकामा मात्र अभिनय गर्न चाहेकाले सलमानको ठूलो बजेटको फिल्मबाट आफूले हात झिकेको बताएका छन् । शर्मा सलमानका ज्वाइँ हुन् ।

आयुष शर्मा फिल्म ‘अन्तिम–द फाइनल ट्रुथ’को सफलताका कारण खुसी छन् । यो फिल्मले उनलाई आफ्नै बलमा फिल्म चल्न सक्छ भन्ने हिम्मत बढाएको छ । दर्शकले पनि उनको अभिनयलाई निकै मनपराएका छन् । जसकारण उनले ठूलो फिल्ममा सहायक चरित्रमा अभिनय गर्ने निर्णय लिएका छन् । किनकि उनी फिल्ममा हिरो बन्न चाहन्छन्’, आयुष निकट स्रोतले भनेको छ ।

फिल्ममा बेंकटेश र पूजा हेगडेको पनि अभिनय रहनेछन् । फिल्ममा पूजा सलमानको प्रेमिकाका रूपमा देखिनेछिन् भने शेंकटेश सलमानकै जस्तो चरित्रमा प्रस्तुत हुँदैछन् ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

शाहरुख खान अपहरणकारी !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested