English

दाग र चाउरीपन हटाउन पिठोको फेस प्याक



घाम र धुलोका कारण अनुहारमा धेरै किसिमका दागहरू आउने गर्छन् । यसबाहेक चिल्लो खानेकुराले पनि अनुहारमा पिम्पल आउने गर्दछ । सफा र चम्किलो छालाका लागि तपाईंले चामलको पिठो प्रयोग गर्न सक्नुहुन्छ ।

छालाको लागि चामलको पिठो किन ?

छाला विशेषज्ञका अनुसार चामलको पिठोमा एन्टिअक्सिडेन्ट, भिटामिन र फोलिक एसिड पाइन्छ । यसले छालामा हुने छिन्द्रहरू बन्द गर्न मद्दत गर्छ । यसले छालामा आउने तेललाई हटाउन पनि प्रयोग गर्न सक्नुहुन्छ, साथै छालामा आउने दाग, र चाउरीपन पनि कम गर्न प्रयोग गर्न सकिन्छ । यसरी बनाउनुहोस् चामलको पिठोको फेस प्याक ।

फेस प्याक बनाउने सामग्री

२ चम्चा चामलको पिठो
१ चम्चा निमको पेस्ट
१ चम्चा एलोभेराको पेस्ट
१ चिम्टी बेसार

बनाउने तरिका

सबैभन्दा पहिले एउटा भाँडोमा सबै सामग्रीलाई मिसाउनुहोस् । यो पेस्टलाई अनुहारमा लगाउनुहोस् र कम्तिका ५ मिनेट जति मसाज गर्नुहोस । यसलाई १५ देखि २० मिनेट सम्म सुकाउन सक्नुहुन्छ । यस पछि मनतातो पानिले धुन सक्नुहुन्छ ।

यो पनि…
यी हुन् पुरुषले फेसनमा ध्यान दिनैपर्ने कुराहरु
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested