English

यी हुन् पुरुषले फेसनमा ध्यान दिनैपर्ने कुराहरु



तपाईंले जसलाई चाहनुहुन्छ उसलाई इम्प्रेस गर्नुपर्ने हुन्छ । यसका लागि तपाईं सुन्दर देखिन आवश्यक हुन्छ । त्यसैले फेसनमा यस्ता परिवर्तन गरे सबैभन्दा स्मार्ट तपाईं देखिनुहुनेछ ।

उचित फिटिङ

हामीले लगाउने सर्ट, पाइन्ट, जुत्ता, चस्मालगायत हरेक चिज फिट हुनुपर्छ । कपडा छनोट गर्दा आफूलाई सुन्दर देखिने कुरामा सधैं ध्यान दिनुपर्छ ।

कलरको संयोजन

धेरै व्यक्तिहरू आफ्नो आर्थिक क्षमताअनुसार कपडा किन्न बाध्य हुन्छन् । धेरै र राम्रा कपडा लिन नसके पनि तपार्इं कम मूल्यका कपडामै फरक देखिन सक्नुहुन्छ । आफू कुन रंगको कपडामा राम्रो देखिन्छु भन्ने कुरामा ध्यान दिए तपाईं स्मार्ट बन्नुहुनेछ ।

फिटनेसमा ध्यान

सामान्य व्यक्तिले दिनमा कम्तिमा आधा घन्टा भए पनि व्यायाम गर्दा स्वास्थ्यका लागि पर्याप्त हुन्छ । यदि, तपार्इंको शरीर सुगठित छ भने जस्तोसुकै लुगा लगाए पनि तपाईं स्मार्ट देखिनुहुन्छ ।

हेयर स्टाइल

उचित हेयर स्टाइल र दाह्रीले मानिसलाई आकर्षक देखाउँछ । कपाल, दाह्रीलाई राम्रोसँग आकार दिनु, सफा र चम्किलो अनुहार हुनु पनि फेसनवाला व्यक्तिको लक्षण हो ।

अत्तर

अत्तर तपाईंको सुन्दरताको पाटो हो । तपाईं कुनै पनि परिश्रम गरेपछि नुहाएर पफ्र्युम लगाउनुहोस् । जसले गर्दा पसिनाको गन्ध आउँदैन र शरीर सुगन्धमय हुन्छ ।

यो पनि…
जाडोका लागि छान्नुहोस् यस्ता ज्याकेटहरू
महिला फेसनमा हाई हिल, यसरी छान्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested