English

जाडोका लागि छान्नुहोस् यस्ता ज्याकेटहरू



हामी चिसो मौसममा आफूलाई न्यानो राख्न बाक्लो र ऊनीका लुगा लगाउँछौं । प्रायः मानिस सिजनअनुसार पोसाकको निर्णयमा अलमलिन्छन् । स्टाइलिस, न्यानो र आरामदायी पहिरनमा चुक्छन् । तर, तपाईं जाडोका कपडाका लागि नअल्मलिई यस्ता पहिरन छान्न सक्नुहुन्छ ।

किल्टेड ज्याकेट

किल्टेड ज्याकेट अधिक चिसो क्षेत्रहरूको लागि बनाइन्छ । यसले तपाईंलाई चिसोबाट बचाउनुको साथै स्टाइलिस लुकसमेत दिन्छ । जबकि, तौलको हिसाबले अन्य ज्याकेटको तुलनामा भारी हुन्छ । यसको गोजीहरू पनि धेरै ठुला हन्छन् । जाडोमा यात्रा गर्दा यस्ता ज्याकेटहरू बोक्नु राम्रो विकल्प हुन सक्छ ।

डेनिम ज्याकेट

डेनिम ज्याकेट हरेक महिलाहरूको रोजाइमा हुन आवश्यक छ । यस ज्याकेटको विशेष कुरा भनेको यसलाई पश्चिमी र परम्परागत दुवै प्रकारको पहिरनमा लगाउन सकिन्छ । यो स्टाइलिस हुनुका साथैे सस्तो पनि हुन्छ ।

प्रिन्टेड ज्याकेट

प्रिन्टेड ज्याकेटहरू आजकल चलनमा छन् । तपाईंले रोजेअनुसारको ज्याकेटहरू विभिन्न प्रिन्टमा सजिलै पाउन सक्नुहुनेछ । कालो कलरका ज्याकेटहरू भने अझ बढी स्टाइलिस देखिन्छ ।

लेदर ज्याकेट

लेदरको ज्याकेट पनि तातो, स्टाइलिस र उत्कृष्टमध्ये एक हो । यदि, तपाईं दैनिक यात्रा गर्नुहुन्छ भने छालाको ज्याकेट लगाउँदा यसले चिसोबाट बचाउँछ । तपार्इंले लेदरको ज्याकेट विभिन्न प्रिन्ट, डिजाइन र ढाँचाहरूमा पाउनुहुनेछ ।

बम्बर ज्याकेट

बम्बर ज्याकेट सबै समयमा मनपर्ने ज्याकेट मानिन्छ । तपार्इंले आफ्नो आवश्यकताअनुसार यो ज्याकेटलाई लगाउन सक्नुहुन्छ । तपाईं जिन्स र ट्राउजरसँग पनि लगाउन सक्नुहुन्छ । बम्बर ज्याकेटमा ठोस रंगहरू बढी रुचाइने भएकोले यस्ता ज्याकेटहरू सुन्दर लुक र आकर्षक डिजाइनमा पाउन सकिन्छ ।

यो पनि…
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
मोटोपना घटाउन के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,