English

जाडोका लागि छान्नुहोस् यस्ता ज्याकेटहरू



हामी चिसो मौसममा आफूलाई न्यानो राख्न बाक्लो र ऊनीका लुगा लगाउँछौं । प्रायः मानिस सिजनअनुसार पोसाकको निर्णयमा अलमलिन्छन् । स्टाइलिस, न्यानो र आरामदायी पहिरनमा चुक्छन् । तर, तपाईं जाडोका कपडाका लागि नअल्मलिई यस्ता पहिरन छान्न सक्नुहुन्छ ।

किल्टेड ज्याकेट

किल्टेड ज्याकेट अधिक चिसो क्षेत्रहरूको लागि बनाइन्छ । यसले तपाईंलाई चिसोबाट बचाउनुको साथै स्टाइलिस लुकसमेत दिन्छ । जबकि, तौलको हिसाबले अन्य ज्याकेटको तुलनामा भारी हुन्छ । यसको गोजीहरू पनि धेरै ठुला हन्छन् । जाडोमा यात्रा गर्दा यस्ता ज्याकेटहरू बोक्नु राम्रो विकल्प हुन सक्छ ।

डेनिम ज्याकेट

डेनिम ज्याकेट हरेक महिलाहरूको रोजाइमा हुन आवश्यक छ । यस ज्याकेटको विशेष कुरा भनेको यसलाई पश्चिमी र परम्परागत दुवै प्रकारको पहिरनमा लगाउन सकिन्छ । यो स्टाइलिस हुनुका साथैे सस्तो पनि हुन्छ ।

प्रिन्टेड ज्याकेट

प्रिन्टेड ज्याकेटहरू आजकल चलनमा छन् । तपाईंले रोजेअनुसारको ज्याकेटहरू विभिन्न प्रिन्टमा सजिलै पाउन सक्नुहुनेछ । कालो कलरका ज्याकेटहरू भने अझ बढी स्टाइलिस देखिन्छ ।

लेदर ज्याकेट

लेदरको ज्याकेट पनि तातो, स्टाइलिस र उत्कृष्टमध्ये एक हो । यदि, तपाईं दैनिक यात्रा गर्नुहुन्छ भने छालाको ज्याकेट लगाउँदा यसले चिसोबाट बचाउँछ । तपार्इंले लेदरको ज्याकेट विभिन्न प्रिन्ट, डिजाइन र ढाँचाहरूमा पाउनुहुनेछ ।

बम्बर ज्याकेट

बम्बर ज्याकेट सबै समयमा मनपर्ने ज्याकेट मानिन्छ । तपार्इंले आफ्नो आवश्यकताअनुसार यो ज्याकेटलाई लगाउन सक्नुहुन्छ । तपाईं जिन्स र ट्राउजरसँग पनि लगाउन सक्नुहुन्छ । बम्बर ज्याकेटमा ठोस रंगहरू बढी रुचाइने भएकोले यस्ता ज्याकेटहरू सुन्दर लुक र आकर्षक डिजाइनमा पाउन सकिन्छ ।

यो पनि…
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
मोटोपना घटाउन के खाने के नखाने ?



...
"oppna binance-konto

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested