English

‘ड्रेस टु इम्प्रेस’मा १६८ डिजाइनरबीच प्रतिस्पर्धा



आगामी ८ माघमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुन लागेको ‘ड्रेस टु इम्प्रेस’मा उत्कृष्ट डिजाइनर बन्न एकसाथ १ सय ६८ जना डिजाइनरहरु रनवेमा उत्रने भएका छन् । इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)ले उनीहरुलाई स्टेजमा उतार्न लागेको हो ।

आईआईएफटीले विगत चार वर्षयता हरेक वर्ष आफ्ना डिजाइनरका विद्यार्थी (६ महिने कोर्ष पूरा गरेका)लाई समेटेर ‘ड्रेस टु इम्प्रेस’ नामक फेसन शो गर्दै आएको छ । डिजाइनरहरु स्वंय आफ्नो सिर्जनामा स्टेजमा उत्रने यस फेसन शोको तेस्रो सिजनका लागि यतिखेर १ सय ६८ जना डिजाइनरहरु तयारी अवस्थामा छन्

आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस–४’ मा अहिलेसम्मकै सबैभन्दा धेरै डिजाइनरहरु प्रतिस्पर्धा गर्न लागेको हो । मोडलिङ र डिजाइनिङको कम्बिनेशन हुने भएकाले प्रतिस्पर्धीलाई अहिले क्याटवाकलगायत मोडलिङबारे समेत प्रशिक्षण लिइरहेका छन् ।

आईआईएफटीका निर्देशक शेर्पा भन्छन्, ‘यो विशुद्ध डिजाइनरहरुको प्रतिपस्र्धा हो, तर, जसमा मोडलिङ पनि जोडिएको छ । त्यसैले पनि यस शोमा सहभागी हुने प्रतिस्पर्धीहरुलाई दोहोरो चुनौती छ ।’

यसअघि ‘ड्रेस टु इम्प्रेस’मा तनि जनाले उपाधि जितिसकेका छन् । सिजन–१ मा सोनी श्रेष्ठ, सिजन–२ मा महेश्वरीनाथ योगी र ३ मा क्युटी शाक्यले उत्कृष्ट डिजाइनरको उपाधि जितेका थिए ।

यो पनि पढ्नुहोस्
बेलायती रेलमा गोर्खाली शान (भिडियोसहित)
नेदरल्याण्ड्समा यसरी भएको छ, यौन व्यवस्थापन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested