यसरी सुन्दर र चम्किलो बनाउनुहोस् दाँत
हरेक व्यक्तिको सुन्दरतामा उसको दाँतको महत्त्वपूर्ण भूमिका हुन्छ । व्यक्तिलाई आकर्षक देखाउन दाँत महत्त्वपूर्ण मानिन्छ । त्यसैले, सधैँ दाँतलाई चम्किलो र आकर्षक बनाउन आवश्यक छ ।
तर डेन्टल सेन्टरमा गएर दाँतलाई चम्किलो र आकर्षक बनाउनु भन्दा घरमै रहेका वस्तु तथा खानेकुराको प्रयोग गरेर पनि यसलाई सुन्दर बनाउन सकिन्छ ।
यस्ता छन् दाँत सुन्दर बनाउने घरेलु उपाय
१. दिउँसो अत्यधिक पानी पिउनुपर्छ । पानीले दाँत सफा राख्छ, चिया कफीको दाग हटाउँछ।
२. फलफूल तथा सागसब्जी बढी खानुपर्छ । यसले दाँतमा अड्किएको खाना पनि बाहिर निकाल्छ।
३. खानापश्चात् एक टुक्रा पनिर खानाले दाँत चम्किलो रहन्छ ।
४. सुगर फ्री चुइगम खानाले दाँतको इनामेललाई मजबुत बनाउँछ ।
५. जुस वा सोडा खानेबित्तिकै ब्रस गर्नु हुँदैन ।
६. सकिन्छ भने कफी वा कोल्ड ड्रिग्स स्ट्रो (पाइप) को प्रयोग गरी पिउने गर्नुपर्छ ।
७. नरम ब्रसको प्रयोग पर्छ ।
८. ब्रस गरिसकेपछि जिब्रो पनि सफा गर्नुपर्दछ । जिब्रो सफा भएमा दाँत स्वस्थ्य रहन्छ ।
९. गुलियो पदार्थको प्रयोग सकेसम्म कम गर्नुपर्छ । गुलियोले दाँतलाई हानी पुर्याउँछ ।
१०. खाना खाइसकेपछि नियमित ब्रस गर्ने वा हाइड्रोजन प्याराअक्साइडले मुख कुल्ला गर्नुपर्छ । तर, हाइड्रोजन प्याराअक्साइड निल्नु हुँदैन ।
यो पनि…
यसरी प्रयाेग गराैँ सनस्क्रीन
शरीरको तौल घटाउन सेवन गर्नुहोस् यी ८ स्वस्थ खानेकुरा









Sol
I like what you guys are usually up too. Such clever work and exposure! Keep up the wonderful works guys I've incorporated you guys to my blogroll. Stop by my blog post: Definition of Entrepreneur