English

तपाईं कसरी सुत्नुहुन्छ ? जान्नुहोस् यी नियमहरू



मानिसका हरेक विधि-व्यवहार, कर्म, संस्कार, रीतिरिवाज हुन्छन्। जुन नियम, अनुशासन एवम् धर्मद्वारा बाँधिएको हुन्छ। खानपिन गर्ने, हिंडडुल गर्ने, उठबस गर्ने, नुहाउने आदिका आफ्नै नियम हुन्छन्।

पालना गर्ने वा नगर्ने त्यो हामीमा भर पर्छ। बिहान सबेरै उठ्नु, शारिरीक व्यायाम गर्नु आदि पनि नियमै हो। त्यसैले राति सुत्दा पनि केही कुराहरूमा ध्यान दिन सकियो भने राम्रो हुन्छ।

नियम

-सधैं शवासनमा अर्थात् पिठिउँ तल पारेर शरीरलाई शिथिल छोडी आरामपूर्वक सुत्नुपर्छ। यसरी सुत्दा आराम मिल्छ।

-कोल्टे फर्केर सुत्नुपर्‍यो भने बायाँ कोल्टे सुत्नुपर्छ। अत्यावश्यक भए मात्र दायाँ कोल्टे सुत्न सकिन्छ।

-टाउको सदैव पूर्व वा दक्षिण फर्काएर सुत्नुपर्छ। यसरी सुत्दा लामो आयु तथा राम्रो स्वास्थ्य प्राप्त हुन्छ।

-सुत्नुअघि शुद्ध कपूर बालेर सुतियो भने राम्रो निद्रा पर्नुका साथै तनाव हट्छ।

-जुठो मुख तथा गोडा नधोई सुत्नु हुँदैन।

-घोप्टो परेर, अर्काको ओछ्यानमा, भाँचिएको पलङमा तथा फोहोर घरमा सुत्नु हुँदैन।

-कुप्रिएर सुत्दा मेरुदण्ढको हड्डी कमजोर हुन्छ भने घोप्टो सुत्दा आँखामा समस्या पर्छ।

-रातको खाना सुत्नुभन्दा दुई घन्टाअघि नै खाइसकुपर्छ। रातको खाना हलुका तथा सात्विक हुनुपर्छ।

-राम्रो निद्राका लागि खानापछि केही बेर बज्रासनमा बस्नुपर्छ। यसपछि भ्रामरी प्राणायाम गरेर अन्तमा शवासनमा सुत्नुपर्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

Latest










Popular
Suggested