English

थकाली खानाको फेमस टमाटरको चटनी यसरी बनाउनुहोस् !



हामीले बनाउने अधिकांश तरकारीमा आलु र टमाटरको प्रयोग धेरै नै हुन्छ । जे तरकारी बनाउनमा पनि पहिला आलु र दोश्रोमा टमाटर नभइनहुने बनिसकेको छ । टमाटरको विभिन्न परिकार बनाएर खान सकिन्छ । जसमध्ये थकाली परिकारमा आउने टमाटरको चटनी पनि एक हो । घरमा बसेको यो समयमा यसलाई यसरी मीठो बनाएर खानुहोस् ।

आवश्यक सामाग्री

–पाँच सय ग्राम टमाटर
–नुन र खुर्सानी धुलो आवश्यक अनुसार
–हरियो वा सुकेको खुर्सानी आवश्यकता अनुसार
–तीन खेस्रा लसुन
–टिमुरको धुलो एक चम्चा
–हरियो धनियाँ आवश्यकता अनुसार

बनाउने विधि

–चटनी बनाउनका लागि टमाटरलाई ४ पिस बनाएर काट्ने ।
–काटेको टमाटर भाँडामा राख्नुहोस् ।
–अब टमाटर माथि लसुन, सुर्खानीको धुलो र नुन राख्नुहोस् ।
– भाँडोलाई सानो आगोमा बसल्ने ।
–पाक्न सुरु भएपछि पन्युले चलाउँदै सानो आगोमा टमाटर नपाक्दसम्म पकाउने ।
– टमाटर पाकि सकेपछि केही समय चिसो हुन दिने ।
– पाकेको टमाटरलाई मिक्सर वा खलीमा टिमुरको धुलो र धनियाँ राखेर पिस्ने । यसरी रैथाने थकाली टमाटरको मीठो चटनी बनाउन सकिन्छ । यसलाई तपाईले खानासँग खान सक्नु हुन्छ ।



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested