English

थकाली खानाको फेमस टमाटरको चटनी यसरी बनाउनुहोस् !



हामीले बनाउने अधिकांश तरकारीमा आलु र टमाटरको प्रयोग धेरै नै हुन्छ । जे तरकारी बनाउनमा पनि पहिला आलु र दोश्रोमा टमाटर नभइनहुने बनिसकेको छ । टमाटरको विभिन्न परिकार बनाएर खान सकिन्छ । जसमध्ये थकाली परिकारमा आउने टमाटरको चटनी पनि एक हो । घरमा बसेको यो समयमा यसलाई यसरी मीठो बनाएर खानुहोस् ।

आवश्यक सामाग्री

–पाँच सय ग्राम टमाटर
–नुन र खुर्सानी धुलो आवश्यक अनुसार
–हरियो वा सुकेको खुर्सानी आवश्यकता अनुसार
–तीन खेस्रा लसुन
–टिमुरको धुलो एक चम्चा
–हरियो धनियाँ आवश्यकता अनुसार

बनाउने विधि

–चटनी बनाउनका लागि टमाटरलाई ४ पिस बनाएर काट्ने ।
–काटेको टमाटर भाँडामा राख्नुहोस् ।
–अब टमाटर माथि लसुन, सुर्खानीको धुलो र नुन राख्नुहोस् ।
– भाँडोलाई सानो आगोमा बसल्ने ।
–पाक्न सुरु भएपछि पन्युले चलाउँदै सानो आगोमा टमाटर नपाक्दसम्म पकाउने ।
– टमाटर पाकि सकेपछि केही समय चिसो हुन दिने ।
– पाकेको टमाटरलाई मिक्सर वा खलीमा टिमुरको धुलो र धनियाँ राखेर पिस्ने । यसरी रैथाने थकाली टमाटरको मीठो चटनी बनाउन सकिन्छ । यसलाई तपाईले खानासँग खान सक्नु हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested