English

कपाल छिटो बढाउने यस्ता छन् उपाय



पुरुष होस् वा महिला सबैलाई कपाल बलियो बनाउने चाहना हुन्छ । विशेषगरी, महिलाले आफ्नो कपाल सिल्की, बलियो र छिटो बढोस् भन्ने चाहन्छन् । तपाईंले यी घरेलु औषधिको प्रयोगबाट कपाललाई लामो र सिल्की बनाउन सक्नुहुन्छ ।

अमला

कपाल छिटो नबढ्नुको कारण भिटामिन ‘सी’ को कमी हो । अमलामा प्रचुर मात्रामा भिटामिन ‘सी’ पाइन्छ । यसले कपाललाई बढ्नको लागि टोनिकको रूपमा काम गर्दछ । कपाललाई छिटो बढाउन अमलाको तेलले कपालमा २० मिनेट जति मालिस गर्नुहोस् । यो हप्ताको दुईपटक गर्नुपर्छ ।

मेथी

कपाल बढाउनको लागि सबैभन्दा राम्रो मेथी घरेलु औषधि हो । मेथीको दानामा प्रचुर मात्रामा प्रोटिन र निकोटिन एसिड पाइन्छ । जसले कपाललाई बलियो र चम्किलो बनाउँछ ।

मेथीलाई पानीमा रातभर भिजाएर, बिहान यसलाई पिसेर पेस्ट बनाउनुहोस् । यो पेस्टमा नरिवलको तेल मिसाई कपालमा लगाउनुहोस् । ४० मिनेटपछि कपाललाई धुनुहोस् । यसरी हप्तामा तीनपटक लगाउँदा तपाईंको कपाल बाक्लो र चम्किलो हुन्छ ।

लसुन

लसुन स्वास्थ्यको लागि मात्र नभएर कपालको लागि पनि फाइदाजनक हुन्छ । कपाल लामो बनाउन लसुनलाई मिलाएर काट्नुहोस् । यसमा मह मिसाइ कपालमा लगाई यसलाई आधा घण्टापछि स्याम्पुले धुँदा कपाल लामो र बलियो हुन्छ ।

केरा

केराले पनि कपाल बढाउनमा मद्दत गर्छ । केरामा भिटामिन ‘ई’ र क्याल्सियम प्रचुर मात्रामा पाइने भएकाले कपाल बढाउनमा धेरै मद्दत गर्छ । यसमा प्रायः सबै प्रकारका पोषक तत्वहरू हुन्छन जुन कपाललाई आवश्यक हुन्छ ।

केराको बोक्रा निकालेर यसलाई पेस्ट बनाउनुहोस् । यसमा एक चम्चा जैतुनको तेल, एक चम्चा नरिवलको तेल, एक चम्चा मह मिसाई कपालमा लगाउनुहोस् । २० मिनेटपछि पानीले धुँदा कपाल बलियो र लामो हुन्छ ।

यो पनि…
यी हुन् पुरुषले फेसनमा ध्यान दिनैपर्ने कुराहरु
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,