English

कपाल छिटो बढाउने यस्ता छन् उपाय



पुरुष होस् वा महिला सबैलाई कपाल बलियो बनाउने चाहना हुन्छ । विशेषगरी, महिलाले आफ्नो कपाल सिल्की, बलियो र छिटो बढोस् भन्ने चाहन्छन् । तपाईंले यी घरेलु औषधिको प्रयोगबाट कपाललाई लामो र सिल्की बनाउन सक्नुहुन्छ ।

अमला

कपाल छिटो नबढ्नुको कारण भिटामिन ‘सी’ को कमी हो । अमलामा प्रचुर मात्रामा भिटामिन ‘सी’ पाइन्छ । यसले कपाललाई बढ्नको लागि टोनिकको रूपमा काम गर्दछ । कपाललाई छिटो बढाउन अमलाको तेलले कपालमा २० मिनेट जति मालिस गर्नुहोस् । यो हप्ताको दुईपटक गर्नुपर्छ ।

मेथी

कपाल बढाउनको लागि सबैभन्दा राम्रो मेथी घरेलु औषधि हो । मेथीको दानामा प्रचुर मात्रामा प्रोटिन र निकोटिन एसिड पाइन्छ । जसले कपाललाई बलियो र चम्किलो बनाउँछ ।

मेथीलाई पानीमा रातभर भिजाएर, बिहान यसलाई पिसेर पेस्ट बनाउनुहोस् । यो पेस्टमा नरिवलको तेल मिसाई कपालमा लगाउनुहोस् । ४० मिनेटपछि कपाललाई धुनुहोस् । यसरी हप्तामा तीनपटक लगाउँदा तपाईंको कपाल बाक्लो र चम्किलो हुन्छ ।

लसुन

लसुन स्वास्थ्यको लागि मात्र नभएर कपालको लागि पनि फाइदाजनक हुन्छ । कपाल लामो बनाउन लसुनलाई मिलाएर काट्नुहोस् । यसमा मह मिसाइ कपालमा लगाई यसलाई आधा घण्टापछि स्याम्पुले धुँदा कपाल लामो र बलियो हुन्छ ।

केरा

केराले पनि कपाल बढाउनमा मद्दत गर्छ । केरामा भिटामिन ‘ई’ र क्याल्सियम प्रचुर मात्रामा पाइने भएकाले कपाल बढाउनमा धेरै मद्दत गर्छ । यसमा प्रायः सबै प्रकारका पोषक तत्वहरू हुन्छन जुन कपाललाई आवश्यक हुन्छ ।

केराको बोक्रा निकालेर यसलाई पेस्ट बनाउनुहोस् । यसमा एक चम्चा जैतुनको तेल, एक चम्चा नरिवलको तेल, एक चम्चा मह मिसाई कपालमा लगाउनुहोस् । २० मिनेटपछि पानीले धुँदा कपाल बलियो र लामो हुन्छ ।

यो पनि…
यी हुन् पुरुषले फेसनमा ध्यान दिनैपर्ने कुराहरु
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested