English

सुन खानीको बीचमा रगतको खोला, यस्तो छ यसको रहस्य



पृथ्वीमा यस्ता धेरै रहस्य छन् जसको बारेमा वैज्ञानिकहरुले आजसम्म पत्ता लगाउन सकेका छैनन । वैज्ञानिकहरू यी रहस्यहरू पत्ता लगाउने प्रयासमा व्यस्त छन । वैज्ञानिकहरूले संसारका धेरै रहस्यहरू पत्ता लगाएका छन् भने केही रहस्यहरू अझै गोप्य छन् ।

यस्ता धेरै रहस्यमय जंगल, पहाड, नदी र टापुहरू छन जसको रहस्य अहिलेसम्म थाहा भएको छैन । तर, कहिलेकाहीँ यस्ता रहस्यमय कुराहरू सामाजिक सञ्जालमा भाइरल हुन्छन जसको बारेमा थाहा पाएर मानिसहरू छक्क पर्छन् ।

रगतको खोला

अहिले यस्तै रहस्यमय तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले इन्टरनेटमा ‘रिभर अफ ब्लड’ को तस्विर भनेर पनि सेयर गरेका छन् । भनिन्छ, अमेरिकाको सुन खानीबीच रगतको खोला बगेको छ । तर, यो भाइरल तस्विरको सत्यता अर्कै छ ।

मिडिया रिपोर्टका अनुसार अमेरिकाको साउथ डकोटामा केही व्यक्तिले रगतको नदी फेला पारेका छन् । यसबाहेक गुगल म्यापका धेरै स्क्रिनसटमा रातो नदी देखिएको छ ।

गुगल म्याप्सको स्क्रिनसट सेयर गर्दै एक व्यक्तिले साउथ डकोटामा रगतको खोला फेला पारेको लेखेका छन् ।

यी व्यक्तिले यस क्षेत्रमा सुनको भण्डार पनि रहेको दाबी गरेका छन् । उनको दाबीपछि रातो रंगको नदी देखेर मानिसहरू छक्क परेका छन् । उक्त क्षेत्रमा रातो रङ्गको खोला रहेको केही स्थानीयले पुष्टि गरेका छन् ।

गुगल म्यापबाट लिइएको स्क्रिन सटको सत्यता एक व्यक्तिले बताएका छन । दक्षिण डकोटाको एउटा खोलाको पानी रातो भएको उनको भनाइ छ । यद्यपि, उनले यो रगतको खोला नभएको पनि बताएका छन् ।

नजिकै कैयौं कारखाना रहेको उक्त व्यक्तिको भनाइ छ, जहाँबाट खतरनाक रसायन निस्किन्छ र यो नदीमा मिसिन्छ, जसका कारण यो नदी रातो भएको हो । टाढाबाट हेर्दा यो नदी रातो देखिने हुँदा मानिसमा रगतको नदी भएको भ्रम पैदा हुन्छ ।

यस क्षेत्रमा सुन, बालुवा, ढुङ्गाका भण्डार छन् । यो क्षेत्र कुनै समय सुन खानीका लागि परिचित थियो । रिपोर्टका अनुसार, यो वर्ष २००१ मा बन्द भएको थियो ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये