English

सुन खानीको बीचमा रगतको खोला, यस्तो छ यसको रहस्य



पृथ्वीमा यस्ता धेरै रहस्य छन् जसको बारेमा वैज्ञानिकहरुले आजसम्म पत्ता लगाउन सकेका छैनन । वैज्ञानिकहरू यी रहस्यहरू पत्ता लगाउने प्रयासमा व्यस्त छन । वैज्ञानिकहरूले संसारका धेरै रहस्यहरू पत्ता लगाएका छन् भने केही रहस्यहरू अझै गोप्य छन् ।

यस्ता धेरै रहस्यमय जंगल, पहाड, नदी र टापुहरू छन जसको रहस्य अहिलेसम्म थाहा भएको छैन । तर, कहिलेकाहीँ यस्ता रहस्यमय कुराहरू सामाजिक सञ्जालमा भाइरल हुन्छन जसको बारेमा थाहा पाएर मानिसहरू छक्क पर्छन् ।

रगतको खोला

अहिले यस्तै रहस्यमय तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले इन्टरनेटमा ‘रिभर अफ ब्लड’ को तस्विर भनेर पनि सेयर गरेका छन् । भनिन्छ, अमेरिकाको सुन खानीबीच रगतको खोला बगेको छ । तर, यो भाइरल तस्विरको सत्यता अर्कै छ ।

मिडिया रिपोर्टका अनुसार अमेरिकाको साउथ डकोटामा केही व्यक्तिले रगतको नदी फेला पारेका छन् । यसबाहेक गुगल म्यापका धेरै स्क्रिनसटमा रातो नदी देखिएको छ ।

गुगल म्याप्सको स्क्रिनसट सेयर गर्दै एक व्यक्तिले साउथ डकोटामा रगतको खोला फेला पारेको लेखेका छन् ।

यी व्यक्तिले यस क्षेत्रमा सुनको भण्डार पनि रहेको दाबी गरेका छन् । उनको दाबीपछि रातो रंगको नदी देखेर मानिसहरू छक्क परेका छन् । उक्त क्षेत्रमा रातो रङ्गको खोला रहेको केही स्थानीयले पुष्टि गरेका छन् ।

गुगल म्यापबाट लिइएको स्क्रिन सटको सत्यता एक व्यक्तिले बताएका छन । दक्षिण डकोटाको एउटा खोलाको पानी रातो भएको उनको भनाइ छ । यद्यपि, उनले यो रगतको खोला नभएको पनि बताएका छन् ।

नजिकै कैयौं कारखाना रहेको उक्त व्यक्तिको भनाइ छ, जहाँबाट खतरनाक रसायन निस्किन्छ र यो नदीमा मिसिन्छ, जसका कारण यो नदी रातो भएको हो । टाढाबाट हेर्दा यो नदी रातो देखिने हुँदा मानिसमा रगतको नदी भएको भ्रम पैदा हुन्छ ।

यस क्षेत्रमा सुन, बालुवा, ढुङ्गाका भण्डार छन् । यो क्षेत्र कुनै समय सुन खानीका लागि परिचित थियो । रिपोर्टका अनुसार, यो वर्ष २००१ मा बन्द भएको थियो ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested