English

एलियनले पृथ्वीमा आक्रमणको तयारी गर्नसक्ने दाबी



संसारभर धेरै मानिसहरू छन् जो एलियन र यूएफओहरू देखेको दाबी गर्छन् । मानिसहरू ब्रह्माण्डमा एलियनहरू छन् भनी दाबी गर्छन् । जबकि, धेरैले यो दाबीलाई अस्वीकार गर्छन् ।

कुनै पनि वैज्ञानिकसँग ब्रह्माण्डमा एलियनहरूको अस्तित्वको कुनै ठोस प्रमाण छैन । वैज्ञानिकहरूको टोलीले वर्षौंदेखि अन्तरिक्षमा एलियनहरू खोज्दै आएका छन्, तर उनीहरूले अहिलेसम्म कुनै सफलता पाएका छैनन । यसैबीच, एक अमेरिकी प्रोफेसरले यस्तो सनसनीपूर्ण दाबी गरेका छन्, जसको बारेमा थाहा पाएर सबै छक्क परेका छन् ।

प्रोफेसर डा. डेभिड ज्याकब्सले आफ्नो दाबीमा एलियनहरू पृथ्वीमा मानिसको भेषमा बस्ने गरेको बताएका छन् । उनले मानिसको अपहरण गरिरहेको बताए । उनले आफ्नो दाबीलाई पुष्टी गर्न धेरै तर्क पनि दिएका छन् । डा. डेभिड जेकब्स, पेन्सिलभेनियाको टेम्पल युनिभर्सिटीमा इतिहासका प्रोफेसर हुन् ।

अमेरिकाका प्रोफेसर डा. डेभिड, एलियनले अपहरण गरेका र बाँचेका मानिसहरूसँग कुरा गर्छन् । उनले यससँग सम्बन्धित डकुमेन्ट्री (एक्सट्राअर्डिनरीः द रिभेलेसन) पनि बनाएका छन । यसमा कति सत्यता छ भनि भन्न सकिन्न । तर, उनले गरेका दाबी डरलाग्दो छ ।

आक्रमणको तयारी गर्दै एलियन

डाक्टर डेभिडका अनुसार एलियन्सले पृथ्वीमा आक्रमण गर्ने तयारी गरिरहेको दाबी गरेका छन् । यसअघि, नै मानिसको अपहरण गरी वशमा राखेको उनी बताउँछन् ।

के पृथ्वीमा एलियनहरू बस्छन् ?

एलियन पृथ्वीमा मानिसजस्ता देखिने अनौठो दाबी गरेका छन् । एलियनको अपहरणमा परेकाहरूले बताएको कुराका आधारमा यो जानकारी संकलन गरेका हुन् ।

एक व्यक्तिले भनेका छन् कि एलियनहरू मानिसजस्तै देखिन्छन् र मानिसहरूमाझ बस्न सिक्छन् । एलियनले आफू महामानव जस्तै भएको र मानिसलाई नियन्त्रण गर्न खोजिरहेको बताए । डाक्टर डेभिडका अनुसार एलियनले मानिसको दिमागलाई सजिलै नियन्त्रण गर्न सक्ने बताए ।

हालैका दिनहरूमा, एलियन र यूएफओहरूको बारेमा छलफल तीव्र भएको छ । पेन्टागनले यूएफओमा जारी गरेको प्रतिवेदनमा आकाशमा उड्ने अज्ञात वस्तु र अमेरिकी सेनाका पाइलटहरूबीच भिडन्त भएको बताएको थियो ।

उक्त रिपोर्टमा भनिएको छ कि १७ वर्षमा पृथ्वीमा १४४ यूएफओहरू देखिएका छन् । यद्यपि, तिनीहरू एलियनहरूसँग जोडिएका छैनन् ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये