English

एलियनले पृथ्वीमा आक्रमणको तयारी गर्नसक्ने दाबी



संसारभर धेरै मानिसहरू छन् जो एलियन र यूएफओहरू देखेको दाबी गर्छन् । मानिसहरू ब्रह्माण्डमा एलियनहरू छन् भनी दाबी गर्छन् । जबकि, धेरैले यो दाबीलाई अस्वीकार गर्छन् ।

कुनै पनि वैज्ञानिकसँग ब्रह्माण्डमा एलियनहरूको अस्तित्वको कुनै ठोस प्रमाण छैन । वैज्ञानिकहरूको टोलीले वर्षौंदेखि अन्तरिक्षमा एलियनहरू खोज्दै आएका छन्, तर उनीहरूले अहिलेसम्म कुनै सफलता पाएका छैनन । यसैबीच, एक अमेरिकी प्रोफेसरले यस्तो सनसनीपूर्ण दाबी गरेका छन्, जसको बारेमा थाहा पाएर सबै छक्क परेका छन् ।

प्रोफेसर डा. डेभिड ज्याकब्सले आफ्नो दाबीमा एलियनहरू पृथ्वीमा मानिसको भेषमा बस्ने गरेको बताएका छन् । उनले मानिसको अपहरण गरिरहेको बताए । उनले आफ्नो दाबीलाई पुष्टी गर्न धेरै तर्क पनि दिएका छन् । डा. डेभिड जेकब्स, पेन्सिलभेनियाको टेम्पल युनिभर्सिटीमा इतिहासका प्रोफेसर हुन् ।

अमेरिकाका प्रोफेसर डा. डेभिड, एलियनले अपहरण गरेका र बाँचेका मानिसहरूसँग कुरा गर्छन् । उनले यससँग सम्बन्धित डकुमेन्ट्री (एक्सट्राअर्डिनरीः द रिभेलेसन) पनि बनाएका छन । यसमा कति सत्यता छ भनि भन्न सकिन्न । तर, उनले गरेका दाबी डरलाग्दो छ ।

आक्रमणको तयारी गर्दै एलियन

डाक्टर डेभिडका अनुसार एलियन्सले पृथ्वीमा आक्रमण गर्ने तयारी गरिरहेको दाबी गरेका छन् । यसअघि, नै मानिसको अपहरण गरी वशमा राखेको उनी बताउँछन् ।

के पृथ्वीमा एलियनहरू बस्छन् ?

एलियन पृथ्वीमा मानिसजस्ता देखिने अनौठो दाबी गरेका छन् । एलियनको अपहरणमा परेकाहरूले बताएको कुराका आधारमा यो जानकारी संकलन गरेका हुन् ।

एक व्यक्तिले भनेका छन् कि एलियनहरू मानिसजस्तै देखिन्छन् र मानिसहरूमाझ बस्न सिक्छन् । एलियनले आफू महामानव जस्तै भएको र मानिसलाई नियन्त्रण गर्न खोजिरहेको बताए । डाक्टर डेभिडका अनुसार एलियनले मानिसको दिमागलाई सजिलै नियन्त्रण गर्न सक्ने बताए ।

हालैका दिनहरूमा, एलियन र यूएफओहरूको बारेमा छलफल तीव्र भएको छ । पेन्टागनले यूएफओमा जारी गरेको प्रतिवेदनमा आकाशमा उड्ने अज्ञात वस्तु र अमेरिकी सेनाका पाइलटहरूबीच भिडन्त भएको बताएको थियो ।

उक्त रिपोर्टमा भनिएको छ कि १७ वर्षमा पृथ्वीमा १४४ यूएफओहरू देखिएका छन् । यद्यपि, तिनीहरू एलियनहरूसँग जोडिएका छैनन् ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested