English

पृथ्वीमा भेटियो ४ हजार वर्ष पुरानो भूतको सहर



संसारमा यस्ता धेरै रहस्यमय ठाउँ छन् जसको बारेमा हामी कसैलाई थाहा छैन । यी ठाउँहरू आफैँमा कुनै रहस्यभन्दा कम छैनन् । हरेक ठाउँको आफ्नै इतिहास छ । हामी समय–समयमा यस्ता ठाउँहरूको बारेमा जानकारी पाउँछौं जहाँ शताब्दीयौँ पहिले कुनै सभ्यता थियो । साथै प्रविधिको विकाससँगै हामीले लुकेर रहेका ठाउँहरूका बारेमा जानकारी लिइरहेका छौँ ।

गुगल म्यापको सहयोगमा करिब दुई हजार वर्ष पुरानो र भूतले भरिएको सहर फेला परेको छ । जहाँ हजारौं मानिसहरू पनि बस्थे । जानौँ यस सहरको बारेमा

इराकमा एउटा रहस्यमय सहर फेला परेको छ । विज्ञहरूका अनुसार यो सहर फेला पर्नुले अब भेटिने धेरै रहस्यहरू सुल्झाउन मद्दत गर्नेछ । पृथ्वीमा केही यस्ता सभ्यताहरू छन् जुन ५००० वर्ष पुरानो छ । अहिले ४००० वर्ष पुरानोे सहर पनि पक्कै पुरानो सभ्यताको सहर भएको इतिहासकारहरू बताउँछन् ।

४००० वर्ष पहिले यो उर शहर उरु भनेर चिनिन्थ्यो । प्राप्त जानकारीअनुसार त्यतिबेला यस सहरको कुल जनसंख्या करिब ६५ हजार थियो । सबैभन्दा चाखलाग्दो तथ्य यो हो कि उर त्यस समयमा सबैभन्दा धेरै जनसंख्या भएको शहर थियो ।

इतिहासमा रुचि राख्नेहरूका लागि यो शहर अत्यन्त महत्तवपूर्ण छ । मिडिया रिपोर्टका अनुसार यो सहर भेटिएको ठाउँको नाम त्यतिबेला दक्षिणी मेसापोटामिया थियो, तर अहिले यसलाई दक्षिणी इराक भनिन्छ ।

यहाँ युफ्रेटिस नदी बगेको थियो, जसको किनारमा यो शहर अवस्थित थियो । ऊर सहरको बारेमा बाइबलमा पनि उल्लेख गरिएको छ । यो सहर पत्ता लागेपछि पुरातत्वविद्हरूले नयाँ सभ्यताको बारेमा जान्न पाउनेछन भन्नेमा कुनै शंका छैन ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested