English

युक्रेनबाट २० लाख मानिसहरू पुगे पोल्यान्ड



रूस–युक्रेन युद्ध सुरु भएयता २० लाख मानिसहरू युक्रेनबाट भागेर पोल्यान्ड पुगेको त्यहाँको सीमा रक्षा निकायले जनाएको छ ।

उक्त सङ्ख्या शुक्रबार जीएमटी समयअनुसार ८ बजे २० लाख पुगेको पोलिस बोर्डर गार्ड एजेन्सीले आफ्नो ट्विटरमा लेखेको छ । त्यसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।

वार्स विश्वविद्यालयका एक आप्रवासन अनुसन्धान प्राध्यापकका अनुसार पोल्यान्डबाट पाँच लाखभन्दा बढी व्यक्ति अन्यत्र गइसकेका छन् ।

अधिकांश मानिसहरू वार्स र क्राकाउ जस्ता ठूला शहरमा छन् र त्यहाँका अधिकारीहरूले आवास उपलब्ध गराउने आफ्नो क्षमता कटिसकेको बीबीसीले जनाएको छ ।

यो पनि…
रूस–युक्रेन द्वन्द्व : यी हुन् मुख्य पाँच घटना
रूस–युक्रेन द्वन्द्व : यस्ता छन् पछिल्ला घटना
युद्धको असर : युक्रेन र रूसमा महासङ्कट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested