English

युद्धको असर : युक्रेन र रूसमा महासङ्कट



रूसयुक्रेन द्वन्द्व सुरु भएको आज १९औं दिन पुगेको छ । द्वन्द्वका कारण  युकेनमा नराम्रोसँग प्रभावित भएको छ । युक्रेनीहरू सुरक्षित स्थान खोज्दै छिमेकी मुलुकहरू प्रवेश गरेका छन् ।

अहिलेसम्म द्वन्द्व रोक्ने कुनै प्रयास भइरहेको छैन । तेस्रो पटकसम्मको शान्तिवार्ता विनानिष्कर्ष टुंगिएको छ । रूस विरुद्ध लड्न युक्रेनले अन्तर्राष्ट्रि समुदायलाई आह्वान गरेको छ भने रूस एक्लै लड्ने बताइरहेको छ ।

युक्रेनमाथि रुसले हमला गरेसँगै सर्बसाधारण युक्रेनीको जीवन त कस्टकर नै बनेको छ , तर युद्धको असरमा रुसमा पनि गहिरो देखिएको छ

दुवै देशमा महँगी अकाशियो

युद्धले गर्दा दुवै देशकाे स्थिति नाजुक बनेको छ । युक्रेनमा खाद्यसंकट बढेसँगै विभिन्न देशले खाद्य सहयाेग बढाइरहेका भएता पनि महँगी र संकट झन् बढ्दै गएको छ ।

यता, युक्रेनको युद्धको विरोधमा एउटा रुसी समूह खुलेरै सडकमा उत्रिएको छ भने अधिकांश मानिस मंहगी र अभावसँग जुधेका छन् ।

युक्रेनमा रुसी हमलापछि पश्चिमा देशहरूले मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रुसमा निर्यात हुने सामाग्रीहरूमा प्रतिबन्ध लाग्दा त्यसको मारमा सबैभन्दा बढी सर्वसाधारण रुसी परेका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नि:शस्त्रीकरण गरेको भन्दै रुसी कदमको बचाउ गरे पनि पश्चिमा देशहरूले पुटिनले युद्धका बहाना गरेकोे बताउँदै आएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नि:शस्त्रीकरण गरेको भन्दै रुसी कदमको बचाउ गरे पनि पश्चिमा देशहरूले पुटिनले युद्धका बहाना गरेकोे बताउँदै आएका छन् ।

रुसमाथि पश्चिमा देशहरुले वित्तिय दण्ड दिएका कारण रुसीहरुको दैनिकीमा असर परेकाे छ । जीवनयापनको खर्च बढिरहेको छ । रोजगारी गुम्ने जोखिम बढ्दो छ । धेरै वित्तीय संस्थाहरू रुसबाट अलग भएका छन् ।

पकाउने तेल, चिनी र अन्य आधारभूत उत्पादनको मूल्य बढिरहेको छ । उपभोत्ता मूल्य २ दशमलब २ प्रतिशतले बढेको छ ।मस्को र अन्य सहरका पसलहरूले औषधि र अन्य केही वस्तुको बिक्रीमा रोक लगाएको छ ।

२४ फेब्रुवरीदेिख शुरु भएकाे रुसी हमलापछि रुसी मुद्रा रुबलको मूल्यमा गिरावट आएको छ । २० फेब्रुबरीसम्म ५ हजार ५०० रुबलमा अर्डर गरेको किराना सामानको मूल्य ८ हजार रुबल रहेको इयूका बासिन्दा जानले बताएका छन् । त्यस्तै चिनीको मूल्य २० प्रतिशत बढेको छ ।

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको मृत्यु

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत  निर्मित टोच्का यु मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको दाबी गरे । दोनेत्सक रुसी समर्थक बिखन्डनकारीको पकड रहेको क्षेत्र हो ।

युक्रेनी हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते भएको जनरल कोनासेन्कोभले बताएका छन् । युक्रेनी फौजको नियन्त्रणमा रहेको उत्तरपश्चिम क्षेत्रबाट दोनेत्सकमा  मिसाइल प्रहार भएको उनले दाबी गरेका छन् ।

युक्रेनी हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते भएको जनरल कोनासेन्कोभले बताएका छन् । युक्रेनी फौजको नियन्त्रणमा रहेको उत्तरपश्चिम क्षेत्रबाट दोनेत्सकमा  मिसाइल प्रहार भएको उनले दाबी गरेका छन् ।

सैन्य सुविधा नभएको दोनेत्सकको क्षेत्रमा भएको गोलाबारी र बम हमला युद्ध अपराध भएको उनले बताए । यसबारे युक्रेनले प्रतिकृया दिएको छैन् । 

रुसी हमलामा युक्रेनका ८५ बालबालिकाको मृत्यु

युक्रेन माथिको रुसी हमलामा अहिलेसम्म ८५ बालबालिको मृत्यु भएको छ । युद्धका कारण दर्जनौँ बालबालिका घाइते भएका छन् ।

‘रुसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने १०० जना घाइते भएका छन्’ युक्रेनको महान्यायधिवत्ताको कार्यलयले भनेको छ ।

‘रुसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने १०० जना घाइते भएका छन्’ युक्रेनको महान्यायधिवत्ताको कार्यालयले भनेको छ । मारिने र घाइते हुनेमध्ये अधिकांश किभ, खार्किभ, दोनेत्सक, सुमी, खेर्सन, माइकोलिभ र जाइटोमाइर क्षेत्रका छन् ।

पछिल्लो घटनामा युद्धग्रस्त क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फ जाने क्रममा सर्वसाधारण सवार एउटा कारमा ११ मार्चमा रुसी सेनाले गरेको गोलाबारीमा एक बालक मारिएका थिए ।

रुसी हमलामा अहिलेसम्म ३६९ ओटा शैक्षिक संस्थामा क्षति पुगेको ५७ ओटा पूर्णरुपमा ध्वस्त भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

यसैबीच सोमबार रुसी सेनाले पोल्यान्डसँगको सीमामा रहेको एउटा युक्रेनी आधारमा हमला गर्दा ३५ जनाको मृत्यु र १ सय ३० जना घाइते भएका थिए ।

पछिल्लो समय के हुँदैछ ?

– युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न राष्ट्रपति भोलोदोमिर जिलेन्स्कीले नेटोसमक्ष पुन: आग्रह गरेका छन् ।

– रूसले चीनसँग सैन्य तथा आर्थिक सहायता मागेको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् ।

– पश्चिमा प्रतिबन्ध छल्न रूसलाई सहयोग गरे चीनले परिणाम भोग्नुपर्ने अमेरिकाले चेतावनी दिएको छ ।

– निरन्तरको बमबारी र रूसी घेराबन्दीमा परेको युक्रेनी बन्दरगाह शहर मारिओपोलमा लाखौँ मानिसहरूले खानेकुरा, खानेपानी र अत्यावश्यक औषधिको अभाव झेलिरहेको रेड क्रसको भनाइ छ।

– युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनी तथा रूसी प्रतिनिधिहरूबीच जारी वार्ता जटिल एवं कठिन भएको बताएका छन् ।

– सर्बियाको राजधानी बेलग्रेडमा पुटिन समर्थक मानिसहरूले जुलुस निकालेका छन् ।

– ईयूले एउटा युक्रेनी सहरबाट त्यहाँका मेयरलाई रूसी फौजले नियन्त्रणमा लिएको घटनाको निन्दा गरेको छ ।

– रूसले इन्स्ट्राग्रामलाई आफ्नो देशमा चल्न नमिल्ने बनाएको विवरणहरू आएका छन् ।

– चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताएका छन् ।

यो पनि…
रूसले मद्दत मागेको छैन : चीन
रूसबारे नेटो के भन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,