English

रूसबारे नेटो के भन्छ ?



उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रूसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् ।

‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक हतियार प्रयोगशालाबारे बेतुकका दाबी सुनेका छौं’, जर्मनीको एउटा पत्रिकालाई अन्तर्वार्तामा उनले भने ।

‘अहिले यी झुटदाबी गरिएका छन् । हामी सतर्क हुनुपर्छ, किनकी रूस आफैंले यो बनाबटी झुटअन्तर्गत रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ,’ उनले भने ।

युक्रेनी जनताले साहसका साथ रूसी हमलाको प्रतिरोध गरे पनि आगामी दिनले अझ ठूलो कठिनाइ ल्याउन सक्ने उनले बताए ।
‘यस द्वन्द्वलाई युक्रेनको सिमानाबाहिर रूस र नेटोबीच पूर्णयुद्धमा परिणत हुनबाट रोक्न हाम्रो दायित्व छ,’ नेटो प्रमुखले भने ।

यो पनि…
रुसले चीनसँग सैन्य सहयोग माग्यो : अमेरिका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested