English

अक्सफोर्ड विश्वविद्यालयले गरेको अनुसन्धानमा मानिसबारे यस्तो अनौठो तथ्य



सामान्यतया, एउटा परिवारमा ५, १० वा २० मानिस रहेका हुन्छन्, तर वैज्ञानिकहरूको एक टोलीले मानिसहरूको पारिवारिक रूखबाट संसारलाई चकित पारेको छ । टोलीले २ करोड ७० लाख मानिसहरूको एउटै परिवारमा रहेको दाबी गरेका छन् । उनीहरूले यसलाई संसारको ठूलो पारिवारिक रूखको रूपमा वर्णन गरे ।

वैज्ञानिकहरूले यी सबै मानिसहरू आफन्तहरू नै रहेको बताएका छन् । वैज्ञानिकहरूको उक्त टोलीको दाबीलाई जर्नल साइन्सले प्रकाशित गरेको छ । टोलीले आठ वटा डाटा बेसमा रहेको ३ हजार, ६ सय ९ मानिसको अध्ययन गरेको थियो । कम्प्युटर एल्गोरिदममार्फत तिनीहरूका पुर्खाहरू संसारमा कहाँ–कहाँ बस्छन् भनेर बुझे । तब वैज्ञानिकहरूको टोलीले २७ मिलियन मानिसहरूको परिवार बनाए ।

अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा डा.यानको टोलीले यो अनुसन्धान गरेको हो । टोलीले पारिवारिक रूखमा एकपछि अर्काे आफन्तहरू थप्दै जाँदा एक अर्कासँग रगतको नाता रहेको दाबी गरिएको थियो ।

सयौँ वर्षसम्म यी मानिसहरूको डीएनए सङ्कलन गरिएको थियो र करोडौँ मानिसको नमुना परीक्षण गरेपछि वैज्ञानिकहरूको टोलीले संसारको सबैभन्दा ठूलो पारिवारिक रूख बनाएको थियो ।

यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested