English

चम्किलो छालाका लागि खानै पर्ने खानेकुराहरू



फलफुलले स्वस्थ रहन मात्र सहयोग गर्दैन, छालाको चमक बढाउनमा पनि महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले यहाँ हामी चम्किलो छालाका लागि फलफुलको सुची लिएर आएका छौं, जुन निम्नानुसार छन ।

सुन्तला

चम्किलो छालाका लागि सुन्तलाको सेवन निकै फाइदाजनक हुन्छ । सुन्तलालाई प्राकृतिक ब्लिच पनि भनिन्छ । यसले छालाको चमक बढाउछ । यसमा एन्टी–ब्याक्टेरियल, एन्टी–फंगल र एन्टिअक्सिडेन्ट गुणहरू छन, जसले छालाको बुढ्यौली प्रभावलाई कम गर्छ र छालाको सौन्दर्य पनि बढाउँछ ।

स्याउ

स्याउमा भिटामिन–सी भरपुर हुन्छ । भिटामिन–सीले सुर्यको हानिकारक किरणबाट हुने क्षतिबाट जोगाउँछ ।

मेवा

मेवालाई राम्रो ब्लिचिङ एजेन्ट पनि मानिन्छ । यसले मृत कोशिकालाई हटाई नयाँ र स्वास्थ कोशिका आउँछ । मेवाले पिम्पल, दाग र चाउरी पर्ने समस्यालाई पनि कम गर्छ । साथै, यसले छालालाई सूर्यको हानिकारक किरणबाट पनि बचाउँछ ।

एभोकाडो

छालाको सुधारका लागि यसको सेवन गर्नु फाइदाजनक हुन्छ । एभोकाडोले चाउरी पर्ने समस्यालाई कम गर्छ । यसले छालाको चमक कायम राख्न मद्दत गर्छ ।

केरा

केराको सेवन स्वास्थ्यका साथसाथै छालाको लागि पनि फाइदाजनक हुन्छ । यसमा एक्सफोलिएसन गुण हुन्छ जसले छाला सफा गर्न मद्दत गर्दछ ।

अनार

अनार छाला र स्वास्थ्य दुवैको लागि लाभदायक मानिन्छ । अनारको सेवनले छालामा हुने बुढ्यौलीको असरलाई कम गर्छ । साथै, यसले छालालाई सूर्यको हानिकारक किरणबाट पनि बचाउन सक्छ ।

यो पनि…
गर्मीमा के-के खाने ?

जानौं ध्यानका लागि हात मुद्राहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested