English

चम्किलो छालाका लागि खानै पर्ने खानेकुराहरू



फलफुलले स्वस्थ रहन मात्र सहयोग गर्दैन, छालाको चमक बढाउनमा पनि महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले यहाँ हामी चम्किलो छालाका लागि फलफुलको सुची लिएर आएका छौं, जुन निम्नानुसार छन ।

सुन्तला

चम्किलो छालाका लागि सुन्तलाको सेवन निकै फाइदाजनक हुन्छ । सुन्तलालाई प्राकृतिक ब्लिच पनि भनिन्छ । यसले छालाको चमक बढाउछ । यसमा एन्टी–ब्याक्टेरियल, एन्टी–फंगल र एन्टिअक्सिडेन्ट गुणहरू छन, जसले छालाको बुढ्यौली प्रभावलाई कम गर्छ र छालाको सौन्दर्य पनि बढाउँछ ।

स्याउ

स्याउमा भिटामिन–सी भरपुर हुन्छ । भिटामिन–सीले सुर्यको हानिकारक किरणबाट हुने क्षतिबाट जोगाउँछ ।

मेवा

मेवालाई राम्रो ब्लिचिङ एजेन्ट पनि मानिन्छ । यसले मृत कोशिकालाई हटाई नयाँ र स्वास्थ कोशिका आउँछ । मेवाले पिम्पल, दाग र चाउरी पर्ने समस्यालाई पनि कम गर्छ । साथै, यसले छालालाई सूर्यको हानिकारक किरणबाट पनि बचाउँछ ।

एभोकाडो

छालाको सुधारका लागि यसको सेवन गर्नु फाइदाजनक हुन्छ । एभोकाडोले चाउरी पर्ने समस्यालाई कम गर्छ । यसले छालाको चमक कायम राख्न मद्दत गर्छ ।

केरा

केराको सेवन स्वास्थ्यका साथसाथै छालाको लागि पनि फाइदाजनक हुन्छ । यसमा एक्सफोलिएसन गुण हुन्छ जसले छाला सफा गर्न मद्दत गर्दछ ।

अनार

अनार छाला र स्वास्थ्य दुवैको लागि लाभदायक मानिन्छ । अनारको सेवनले छालामा हुने बुढ्यौलीको असरलाई कम गर्छ । साथै, यसले छालालाई सूर्यको हानिकारक किरणबाट पनि बचाउन सक्छ ।

यो पनि…
गर्मीमा के-के खाने ?

जानौं ध्यानका लागि हात मुद्राहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको