English

के कालो छाला सुन्दर लाग्दैन ? कालो छाला हुनुमा छ फाइदै फाइदा



मानिसहरू कालो छालालाई सुन्दर मान्दैनन् । कतिपय मानिसको सोच गोरो छाला भएका राम्रो भन्ने हुन्छ । बजारमा समेत गोरो बनाउने हजारौँ उत्पादन पाइन्छ ।

तर, धेरैलाई थाहा नहुन सक्छ, कालो छालाले स्वास्थ्यलाई धेरै लाभ पुर्‍याउँछ ।

यस्ता छन् कालो छाला हुनुका फाइदा :

छालाको क्यान्सर हुनबाट जोगाउँछ

छालामा पाइने डार्क पिग्मेन्टेसनका कारण गोरो छालाको तुलनामा कालो छाला भएकाहरुमा क्यान्सर हुने सम्भावना कम हुन्छ ।

हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउँछ

कालो छालामा मेलानिनको मात्रा अत्यधिक हुन्छ । यसले घामको हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउँछ ।

स्नायु प्रणालीको सुरक्षा

कालो छालामा पाइने मेलानिनले सेन्ट्रल नर्भस सिस्टमलाई हानी पुर्याउने खतरनाक प्यारासाइटबाट बचाउँछ ।

संक्रमण हुनबाट जोगाउँछ

मेलानिनले संक्रमण फैलाउने ब्याक्टेरियाबाट पनि बचाउँछ । साथै गोरो छालाको तुलनामा कालो छालामा कम संक्रमण हुन्छ ।

जवान देखिन्छ

कालो छालामा पाइने मेलानिनले छालालाई लामो समयसम्म चाउरी पर्नबाट जोगाउँछ । जसका कारण कालो छाला हुनेहरु लामो समयसम्म जवान देखिने गर्दछन् । साथै रोगप्रतिरोधी क्षमता बढाउँछ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,