English

प्राकृतिक सौन्दर्य बढाउन यसो गर्नुहोस्



सुन्दर देखिने रहर सबैलाई हुन्छ । सुन्दर देखिन सबै भन्दा सजिलो उपाय भनेको मेकअप गर्नु हो तर मेकअपले छालालाई नराम्रो असर पनि गर्छ । तर केही यस्ता प्राकृतिक उपाय छन् जसले छालालाई सुन्दर बनाउँ छन् ।

चामल र महको स्क्रब

छालाको हेरचाहामा स्क्रबिङ गर्नु एक आवश्यक प्रक्रिया हो । यसको मद्दतले छालामा रहेका मृत कोशिकालाई सजिलै हटाउन सकिन्छ जसले गर्दा जवान छाला बाहिर आउछ । बजारमा पाइने केमिकल युक्त स्क्रबको सट्टा चामल र महबाट बनेको स्क्रब प्रयोग गर्नु राम्रो हुन्छ । चामलमा एसिड,एन्टिअक्सिडेन्ट,भिटामिन,मिनरल्स आदि पाइन्छ जुन छालाको लागि निकै फाइदाजनक हुन्छ । यसका साथै छालालाई मोस्चराइज राख्न पनि मद्दत गर्छ ।

यसको फेसप्याक बनाउन एक चम्चा चामलको पिठो र २ चम्चा मह मिसाएर अनुहार र घाँटीमा लगाउनुहोस र बिस्तारै हातले २–३ मिनेट सम्म मालिस गरी १० मिनेट यत्तिकै छाड्नुहोस । त्यसपछि पानिले अनुहार सफा गर्नुहोस ।

बेकिंग सोडा

बेकिंग सोडामा सोडियम बाइकार्बोनेट हुन्छ जसले छालाको छिद्रबाट हाइटहेड्स र ब्ल्याकहेड्सलाई सजिलै बाहिर निकाल्ने काम गर्छ । यसलाई प्रयोग गर्नका लागि २ चम्चा बेकिंग सोडामा आधा चम्चा पानि मिलाउनुहोस । र ब्ल्याकहेड्स भएको छालामा लगाउनुहोस् । लगाएको १५ मिनेट सम्म सुकाउनुहोस र पानिले सफा गर्नुहोस ।

एलोभेरा र काँक्रो

यसको प्रयोगले आँखा मुनि हुने कालो घेरालाई कम गर्छ । दुवैको रसलाई एउटा भाँडोमा निकालि कपासले अनुहारमा लगाउनुहोस । लगाएको १० मिनेट पछि अनुहार सफा गर्नुहोस ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested